काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार खुलेको केही समयमै ७४ अंकको उछाल आएको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा सार्वजनिक गरेपछिको पहिलो दिन आज विहानैदेखि नेप्सेमा उछाल आएको हो।
नेप्से उच्च अंकले बृद्धि भएसँगै कारोबार स्थगित हुन पुगेको छ । पहिलो चार मिनेटमा ६० अंकको बृद्धि भएको नेप्सेमा १० मिनेटमा ७४ अंकले बृद्धि भएपछि सर्किट लागेर २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।
प्रतिक्रिया दिनुहोस्