Shikhar Insurance
National Life

एनसेलको शेयर खरिद-बिक्रीबारे छानविन गर्न समिति गठन

सिंहदरबार संवाददाता
२०८० मंसिर २२, शुक्रबार १६:१२
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले एनसेलको शेयर खरिद–बिक्री प्रकरण सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पत्रकार सम्मेलनमा शेयर खरिद बिक्रीको निर्णय सम्वन्धमा प्रचलित कानूनको परिचालनको विषय, राजस्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषयमा अध्ययन तथा छानविन गर्न समिति गठन गरिएको जानकारी दिइन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पूर्वमहालेखापरीक्षक टङ्कमणि शर्मा (दङ्गाल) को संयोजकत्वमा सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव नितेशकुमार शाक्य, आइक्यान परिषद्का अध्यक्ष सुजनकुमार काफ्ले सदस्य रहने गरी समिति गठन गर्ने निर्णय भएको हो ।

समितिलाई ३० दिनको समय दिइएको भने समितिले आजैबाट कामको सुरुवात गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्