Shikhar Insurance
National Life

सेयर धितो र घरजग्गा कर्जामा उदार बन्यो राष्ट्र बैंक, ब्याजदर पनि व्यापक घट्ने

सिंहदरबार संवाददाता
२०८० मंसिर २२, शुक्रबार ११:२९
Hyundai
NIMB

काठमाडौं । मौद्रिक नितिको अर्ध बार्सिक समिक्षामा नेपाल राष्ट्र बैंक निकै उदार देखिएको छ । शुक्रवार सार्वजनिक समिक्षा अनुसार राष्ट्र बैंक सेयर धितो कर्जा र घरजग्गा कर्जा प्रती निकै उदार देखिएको हो ।

५० लाख भन्दा ठुलो सेयरधितो कर्जा र रियल स्टेट कर्जाको जोखिम भार घटेर १२५ प्रतिशत भएको छ, जुन यस अघि १५० प्रतिशत थियो । राष्ट्र बैंकले बैंकदरलाई ०.५  प्रतिशतले घटाएको छ । यस अघि ७.५ प्रतिशत रहेको बैंक दर अब ७ प्रतिशत कायम भएको छ । नितिगत दर झन १ प्रतिशतले घटाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

६.५ प्रतिशत रहेको नितिगत दर घटेर अब ५.५ प्रतिशतमा सिमित भएको छ । निक्षेप संकलनको बोलकबोल दरपनि ५.५ प्रतिशतबाट घटाएर ३ प्रतिशत कायम गरिएको छ । राष्ट्र बैंकको मौद्रिक नीति समिक्षाका कारण पुस महिनामा बैंकहरुको ब्याजदर १० प्रतिशत बिन्दुसम्मले घट्ने छ।  त्यस्तै  ५० लाख भन्दा माथिको सेयर धितो कर्जामा रहेको रिक्स वेटेज लाई १५० प्रतिशतबाट १२५ प्रतिशतमा झारिएको छ । याे लगायत अन्य नीतिगत व्यवस्थाहरुमा समेत राष्ट्र बैंक उदार बनेकाे छ ।

नीतिगत व्यवस्थाहरु

विद्यमान मुद्रास्फीतिलाई प्रभाव पार्ने विभिन्न पक्षहरुको विश्लेषण, शोधनान्तर स्थिति र निजी क्षेत्रतर्फ जाने बैंक कर्जाको वृद्धिदरलाई दृष्टिगत गरी बैंक दरलाई ७.५ प्रतिशतबाट घटाई ७ प्रतिशत, नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाई ५.५ प्रतिशत र निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाई ३.० प्रतिशत कायम गरिएकोछ । अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपातसम्बन्धी व्यवस्थालाई यथावत राखिएको छ ।

बैंक तथा वित्तीय संस्थाले निष्काशन गरेको डिवेन्चरलाई २०८० पुस सम्मको लागि श्रोतकोरुपमा समेत शतप्रतिशत गणना गर्न पाउने व्यवस्था रहेकोमा सोपश्चात् उक्त डिवेन्चरको ५० प्रतिशत रकम २०८१ असार सम्मका लागि श्रोतको रुपमा गणना गर्न पाउने व्यवस्था मिलाइने छ ।

बैंक तथा वित्तीय क्षेत्रमा नियतवश कर्जा भुक्तान नगर्ने ऋणीहरु उपरको कारवाहीलाई थप प्रभावकारी बनाउँदै परिस्थितिजन्य कारणले समस्यामा परेका ऋणीहरुलाई कर्जा पुनरसंरचना र पुनरतालिकीकरण लगायतका माध्यमबाट सहजीकरण गरिने छ । यसका लागि बैंक तथा वित्तीयसंस्थाले समस्यामा परेका ऋणीहरुबाट प्राप्त निवेदनको विश्लेषणका आधारमा बक्यौता ब्याजको दश प्रतिशत रकम असूल गरी कर्जा पुनरसंरचना गर्न सक्नेअवधि २०८० चैत मसान्तसम्म कायम गरी पुनरसंरचना गर्न सक्ने क्षेत्रहरुको विस्तार गरिने छ ।

२०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनरनिर्माणका लागि नेपाल सरकार वा नेपाल सरकारले तोकेका निकायले भूकम्प प्रभावितको रुपमा सूचीकरण गरेका परिवारलाई बैंक तथा वित्तीय संस्थाले रु.२५ लाखसम्मको आवासीय घर कर्जा आधार दरमा २ प्रतिशत बिन्दुभन्दा बढी प्रिमियम थप गर्न नपाउने व्यवस्था गरिने छ । यस प्रयोजनको लागि साविकको कर्जा–धितो अनुपातमा बैंक तथा वित्तीय संस्थाले १० प्रतिशत वा सोभन्दा बढी बिन्दुसम्म थप गर्न सक्ने व्यवस्था गरिने छ ।

२०८० कात्तिकको भूकम्पका कारण क्षतिग्रस्त भएका सार्वजनिक विद्यालय, सार्वजनिक अस्पताल तथा स्वास्थ्य चौकीको पुनरनिर्माणका लागि बैंक तथा वित्तीय संस्थाले आर्थिक वर्ष २०७९/८० र २०८०/८१ को मुनाफाबाट सामाजिक उत्तरदायित्व कोषमा छुट्टयाई खर्च गर्नुपर्ने रकमको ४० प्रतिशतसम्म योगदान गर्न सक्ने व्यवस्था गरिने छ ।

बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने रियल स्टेट कर्जा र ५० लाखभन्दा बढीको सेयर धितो कर्जाको जोखिम भार घटाई १२५ प्रतिशत कायम गरिने छ ।

५० लाख सम्मको आवास कर्जाको हकमा मासिक किस्ता आम्दानी अनुपात बढाई ६० प्रतिशत कायम गरिनेछ ।

ननडेलिभरेबल फरवार्ड कारोवार र स्थानीय विप्रेषण कारोवारको सीमासम्बन्धी व्यवस्थामा पुनरावलोकन गरिनेछ ।

लघुवित्त वित्तीय संस्थाले आफ्नो नियमित सम्पर्कमा रहेका तर परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीहरुले कर्जा पुनरसंरचनाका लागि संस्थामा २०८० चैतसम्म निवेदन दिएमा त्यस्ता ऋणीहरुको कर्जालाई पुनरसंरचना गर्न सक्ने व्यवस्था गरिने छ ।

मौद्रिक नीतिको कार्यदिशा, संरचना, लक्ष्य र उपकरणका सम्बन्धमा सुझावका लागि बाह्य विज्ञहरु सम्मिलित मौद्रिक नीति सल्लाहकार समिति गठन गरिने छ ।

मौद्रिक निति अर्ध बार्सिक समिक्षाकाे पुर्णपाठ

GBIME

प्रतिक्रिया दिनुहोस्