Shikhar Insurance
National Life

कोरोनाले गाह्रो पारेपछि पूर्व राजा ज्ञानेन्द्र र कोमल अस्पताल भर्ना

सिंहदरबार संवाददाता
२०७८ बैशाख ११, शनिबार १५:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमलराज्यलक्ष्मी शाह थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना भएका छन् ।

छोरी प्रेरणा शाहसहित उनीहरु शनिबार दिउँसो १ बजे अस्पतालमा भर्ना भएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी दिए । उनका अनुसार कोभिड–१९ को उपचारका लागि उनीहरु भर्ना भएका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केही दिनअघि भारतको हरिद्वारबाट फर्किएपछि स्वाब परीक्षणका क्रममा पूर्वराजा र रानीमा कोरोना सङ्क्रमण देखिएको थियो । कर्पोरेट कम्युनिकेशन बाँस्तोलाले उनीहरु तीनै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको बताए । रासस

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्