Shikhar Insurance
National Life

दोहोरो अंकले बढ्यो नेप्से परिसूचक

सिंहदरबार संवाददाता
२०८० मंसिर २१, बिहीबार १६:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहीबार सेयर बजारमा सुधार आएको छ । आज नेप्से परिसूचक दोहोरो अंकले बृद्धि भएको हो । आज ११.७ प्रतिशतले बढेर नेप्से परिसूचक १८५२.७७ को विन्दुमा पुगेको छ ।

यसदिन कारोबारमा आएका २९९ कम्पनी मध्ये १७५ कम्पनीको सेयर मूल्य बढेको छ भने ५७ कम्पनीको घटेको छ । बिहीबार ९५ लाख कित्ता सेयर २ अर्ब ७९ करोड रुपैयाँ बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आज सबैभन्दा धेरै नेपाल रि इन्स्योरेन्स कम्पनीको प्रमोटर सेयरर सर्वाधिक ८६ करोड ८३ लाख रुपैयाँ बराबरको सेयर मूल्य किनबेच भएको छ । दोहोरो अंकले बढेको बजारमा ४ कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्वाधिक कमाउनेमा त्रिशुली जलविद्युत कम्पनीका लगानीकर्ता पहिलो स्थानमा छन् ।

समाज लघुवित्त वित्तीय संस्था, सीवाइसी लघुवित्त वित्तीय संस्था र नबिल ब्यालेन्स फन्ड दुईका लगानीकर्ताले ९ प्रतिशत बढीले कमाएका छन् । आज सबैभन्दा धेरै ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७ प्रतिशत बढीले कमाएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्