Shikhar Insurance
National Life

औपचारिक माध्यमबाट विप्रेषण पठाउन प्रहरीको अनुरोध

सिंहदरबार संवाददाता
२०८० मंसिर २०, बुधबार ११:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल प्रहरीले विदेशमा कमाएको रकम औपचारिक माध्यमबाट पठाएर कानुनी कारबाहीबाट जोगिन वैदेशिक रोजगारीमा रहेका र स्वदेशमा विप्रेषण रकम प्राप्त गर्नेहरूलाई अनुरोध गरेको छ ।

वैदेशिक रोजगारीमा रहेका कतिपय नेपालीले केही रकम जोगिने प्रलोभनमा अवैध तवरले व्यक्तिमार्फत नेपालमा रकम पठाउने गरेको पाइएको भन्दै प्रहरीले औपचारिक माध्यम प्रयोग गर्न प्रहरीले अनुरोध गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी विदेशी रकम प्राप्त गरेपश्चात ती अमूक व्यक्तिले म तपाईँले भनेको व्यक्तिको नेपालस्थित बैंक खातामा यस बराबरको सटही नेपाली रकम जम्मा गरिदिन्छु भनी गैरकानुनी तवरमा नेपालमा रहेको बैंक खातामा जम्मा गराइदिने गरेको अनुसन्धानबाट खुलेको प्रहरी प्रवक्ता कुवेर कडायतले बताए ।

‘साइबर’जन्य ठगी गर्ने गिरोह सक्रिय रहेको पाइएको हुँदा यस्ता झुटा अश्वासनमा नपरी, ठगी हुनबाट जोगिन पनि प्रहरीले अनुरोध गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्