काठमाडौं । फ्रन्टलाइन हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबिच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता भएको छ ।
कम्पनीले आफूले प्रदान गर्दैआएकोे स्वास्थ्य बीमा अन्तर्गत नगद रहित (क्यासलेस) उपचार सुविधा अझ प्रभावकारी बनाउन अस्पतालहरुको सञ्जाल विस्तार गर्नेक्रममा काठमाडौंको पूरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलसगं सहकार्य गरेको हो ।
सम्झौता पत्रमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेशकृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका छन् ।
समारोहमा कम्पनीका बजार व्यवस्थपन बिभाग प्रमुख रामजी ढकाल र मेडिहेल्थ इकाइका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला तथा अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो ।
यो संगै सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका बीमितले अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिने र उपचार पश्चात हुने दाबी भूक्तनीको भन्झटिलो प्रकृयाबाट छुटकारा मिल्ने विश्वास कम्पनीले गरेको छ ।
सेवा लिन बीमितले बीमा कम्पनीले जारी गरेको स्वास्थ्य बीमा कार्ड लिई नगद रहित स्वास्थ्य बीमाको सुविधा लिन सक्ने छन् ।
साथै अस्पतालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बीमित तथा परिवारजनहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा ७ देखि २५ प्रतिशत सम्म छुट दिने प्रतिवद्धता व्यक्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस्