Shikhar Insurance
National Life

नेप्सेमा दोहोरो अंकको गिरावट

सिंहदरबार संवाददाता
२०८० मंसिर १९, मंगलवार १५:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । यो साता कारोबारको लगातार तेस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक घटेको छ । आज नेप्से परिसूचक १०.१० अंकले घटेर १,८३७.७१ को विन्दु कायम भएको हो ।

आज २९२ कम्पनीको ४६ लाख ९८ हजार ६ सय ८२ कित्ता सेयर ३८ हजार ५ सय ८४ पटक खरिदबिक्री हुँदा एक अर्ब ५४ करोड ४९ लाख ३५ हजार चार सय ३८ बराबरको कारोबार भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार एक स्टकको सेयर भने सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन सिंगटी हाइड्रो इनर्जीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, यस दिन सिभिल बैंकको ऋणपत्रको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ। अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ। यस दिन विशाल बजार कम्पनीको सेयर मूल्य सर्वाधिक साढे ९ प्रतिशत घटेको छ। त्यस्तै, माउन्टेन इनर्जी, उन्नती सहकार्य लघुवित्त र एनआरएन लघुवित्तको सेयर मूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ।

कारोबार रकमका आधारमा यस दिन माउन्टेन इनर्जी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३६ करोड २९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यसैगरी, यस दिन सिटिजन लाइफ इन्स्योरेन्सको ८ करोडभन्दा बढीको शेयर किनबेच भएको छ।

१३ उपसमूहमध्ये यस दिन जीवन बीमा उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। यस दिन जीवन बीमा उपसमूहको परिसूचक ०.१६ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक २.५७ प्रतिशत घटेको छ। यस दिन होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्