Shikhar Insurance
National Life

तारा गाउँ रिजेन्सी होटलले १५ प्रतिशत लाभांश, बैठकको मिति भने गोप्य

सिंहदरबार संवाददाता
२०८० मंसिर १८, सोमबार १०:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । तारा गाउँ रिजेन्सी होटल्स लिमिटेडका लगानीकर्ताले १५ प्रतिशत लाभांश पाउने भएका छन् । होटलको सञ्चालक समिति बैठकले लगानीकर्तालाई ११ प्रतिशत बोनस सेयर र ४ प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो । होटलको आगामी साधारण सभाबाट पास भएपछि लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।

हाल होटलको चुक्ता पुँजी एक अर्ब ८८ करोड ६६ लाख ५४ हजार रुपैयाँ रहेको छ । होटलले साधारण सभाको मिति र बुक क्लोजको मिति भने पछि सार्वजनिक गर्ने भनेको छ । होटलले कुन मितिको सञ्चालक समिति बैठकले लाभांश प्रस्ताव गरेको हो भन्ने बिषय भने खुलाएको छैन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

GBIME

प्रतिक्रिया दिनुहोस्