Shikhar Insurance
National Life

नेशनल लाईफद्धारा अभिकर्तालाई कोशी टप्पु भ्रमण

सिंहदरबार संवाददाता
२०८० मंसिर १७, आईतवार १७:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्ताहरुलाई कोशी टप्पु भ्रमण गराएको छ ।

कम्पनीको मासिक योजना अन्तर्गत लक्ष्य पुरा गर्ने अभिकर्ताहरुले कोशी टप्पुको भ्रमण, सप्तकोशीमा बोटिङ लगाएतका विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा उत्साहजनक सहभागिता जनाएका थिए ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सहित प्रदेश प्रमुख, विभागिय प्रमुख तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशै भरीबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल भएका करिब ६०० जना भन्दा बढि  अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो अवसरमा प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको सभापतित्वमा सम्मान कार्यक्रमको आयोजना गरी उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई सम्मान गरिएको थियो ।

खत्रीले अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सँधै अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यवसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई सधैं प्राथमिकतामा राख्ने उदेश्यले यस्ता कार्यक्रमहरुको आयोजना गरिएको जानकारी गराए ।

कार्यक्रममा योजना छनौट भई सम्मानित हुन सफल अभिकर्ताहरुलाई गिफ्ट भौचर र अवार्ड प्रदान गरिएको थियो ।

सहभागी अभिकर्ताहरुले अर्नाका लागि प्रसिद्ध नेपालको वन्यजन्तु आरक्षण केन्द्र कोशी टप्पुको भ्रमण र सप्तकोशीमा बोटिङ लगाएतको मनोरञ्जनात्मक क्रियाकलापमा सहभागी हुने अवसर प्रदान गरेकोमा कम्पनी प्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट मनोरञ्जनका साथै आफ्नो वृत्ति विकासमा समेत योगदान पु¥याउने विश्वास व्यक्त गरेका थिए ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्