Shikhar Insurance
National Life

एनसेल आजियटालाई प्राधिकरणको पत्रः सेयर बेच्नु अघि पूर्व स्वीकृति लिनु पर्दैन् ?

सिंहदरबार संवाददाता
२०८० मंसिर १५, शुक्रबार १७:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल दुर सञ्चार प्राधिकरणले एनसेल आजियटा कम्पनीलाई पत्र लेखेर सेयर बिक्रि गर्ने निर्णय गर्नु अघि पूर्व स्वीकृति लिनु पर्दैन ? भनि प्रश्न गरेको छ । ‘दुर सञ्चार नियमावली २०४ को नियम १५(ट) बमोजिम चुक्ता पुँजीको ५ प्रतिशत भन्दा बढी सेयर खरिद वा बिक्रि गर्नु अघि प्राधिकरणको स्वीकृति लिनुपर्ने व्यवस्था उल्लेख भएको र नेपाल दुर सञ्चार प्राधिकरण(अनुमतिपत्र प्राप्त व्यक्तिको सेयर खरिद बिक्रि) विनियमावली २०७६ को विनियम ४(क) बमोजिम अनुमति पत्र प्राप्त व्यक्तिले आफ्ना सेयरधनीको सेयर खरिद बिक्रि वा नामसारी गर्नुपूर्व प्राधिकरणको स्वीकृति प्राप्त गर्नुपर्ने व्यवस्था रहेकोले सो अनुरुप गर्न गराउन जानकारी गराइन्छ’ प्राधिकरणको पत्रमा भनिएको छ ।

अति गोप्य भन्दै एनसेल आजियटा प्रालीलाई प्राधिकरणले मंसिर १५ गते पत्र लेखेर यस्तो जानकारी गराएको हो । एनसेलको मलेसियन लगानीकर्ता कम्पनी आजियटाले आफ्नो सेयर बेचेर नेपालबाट बाहिरिन लागेको खबर सार्वजनिक भैरहेका छन् । सो खबरहरुप्रति प्राधिकरणले आफ्नो ध्यानाकर्षण भएको पनि जनाएको छ । हाल एनसेलमा नेपाली साँझेदारहरुको २० प्रतिशत सेयर छ भने आजियटाको ८० प्रतिशत स्वामित्व छ । २०८४ साल भित्र एनसेलमा नेपाली साँझेदारहरुको स्वामित्व ५१ प्रतिशत कायम नभएमा एनसेलको लाइसेन्स स्वतः खारेज हुनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लाइसेन्स जोगाउन गलत बाटोबाट सेयर किनबेच तथा राजश्व छली हुन लागेको भन्दै अधिवक्ता गोकुल बहादुर रोकायाले पाटन उच्च अदालतमा मुद्धा हालेका थिए । शुक्रबार सो मुद्धाको प्रारम्भिक सुनुवाई गर्दै न्यायाधिश दिपेन्द्र अधिकारीको इजलासले कारण देखाउ आदेश जारी गरिसकेको छ ।
अन्तरिम आदेश दिनुपर्ने वा नपर्ने भन्नेबारे थप छलफलका लागि अदालतले दुबै पक्षलाई मंसिर २५ गते अर्काे पेशी तोकिदिएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्