काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपाल राष्ट्र बैंक र मौद्रिक नीतिलाई गाली गरेर सबै कुराको समाधान नहुने टिप्पणी गरेका छन् । उनले जसले काम नगरे पनि राष्ट्र बैंक र मौद्रिक नितिलाई दोष दिन थालिएकोमा दुखेसो पनि पोखे । ‘जसले काम नगरे पनि मौद्रिक नीति र केन्द्रिय बैंकलाई दोष दिएको छ, काम कोही पनि नगर्ने दोष मौद्रिक नितिलाई दिएर मात्र उम्कन पाइँदैन’, गभर्नर अधिकारीले भने ।
उनले मौद्रिक नितिको कुन बुँदाले के असर पारेको भन्दै प्रश्न पनि गरे । निजि क्षेत्रले आफ्नो स्वार्थ पूरा नहुने वित्तिकै राष्ट्र बैंकलाई गाली नगर्न आग्रह गरे । गभर्नर अधिकारीले कुनै बैंंकले बढि ब्याज लिएको छ भने राष्ट्र बैकमा आउन आगह गर्दै त्यस्तो बढि ब्याज लिनेबाट राष्ट्र बैंकले ब्याज फिर्ता गराउने प्रतिवद्धता व्यक्त गरे । उनले गत आर्थिक बर्षमा ४ अर्ब ७६ करोड बढी ब्याज फिर्ता गराएको दावी पनि गरे । व्यवसायीहरुले नेताहरुलाई भेटेर बैंकले १६/१७ प्रतिशत ब्याज लियो भनेर भन्दै हिड्ने गरेको भन्दै उनले तथ्य बाहिर गएर गुनासो नगर्न चेतावनी पनि दिए ।
ग्राहकलाई समस्या परेको खण्डमा राष्ट्र बैंकमा गुनासो गर्न सकिने र त्यसका लागि विभाग नै छुट्याएको बताउँदै अन्तै गएर गुनासो गर्नुनपर्ने स्पष्ट पारे । अर्थतन्त्रमा संरचनात्मक समस्यामा रहेको बताउँदै उनले बिप्रेषणमा भर परेर बस्न नहुनेमा पनि जोड दिए । उनले बजेट कार्यान्वयनमा राष्ट्र बैंकले असहयोग गरेको अरोपको पनि खण्डन गरे । ‘बजेटमा भएको कुन बिषयमा राष्ट्र बैंकले सहयोग गरेको छैन ? सबै समन्वय भएको छ । रमाइलोका लागि गभर्नर र मन्त्रीको सम्बन्ध बिग्रेको भन्नू गलत हो ।’ गभर्नर अधिकारीले भने ।
काम गर्दा कमजोरी भएको भए आफु सच्याउन तयार रहेको प्रष्ट पारे । उनले आर्थिक शिथिलताका कारण बैंकमा खराब कर्जा बढेको पनि बताए । ‘यो बेला प्रोभिजन बढाउनु पर्ने, लाभांश दिन दिँदा संस्थामा समस्या हुने भएकाले राष्ट्र बैंकले टाइट गरेको हो । खराब कर्जा नबढोस भनेर टाईट गरेको बिषयमा अन्यथा सोच्न नहुने पनि बताए । नेपालको बैंकिङ क्षेत्रमा दक्षिण एसियाको तुलनामा नेपालमा खराब कर्जा कम भएको र त्यस्तो खराब कर्जा औषतमा १.५ प्रतिशतमा रोक्न सकेको पनि बताए ।
रिपेमेन्टले गर्दा केही व्यवसायी समस्यामा रहेको बताउँदै ऋण लिँदा आफ्नो क्षमता हेर्नुपर्नेमा जोड दिए । कालोसुची सम्बन्धि निर्देशिका बिजनेश फ्रेण्डली बनाउन संशोधनको काम जारी राखेको पनि बताए ।
प्रतिक्रिया दिनुहोस्