Shikhar Insurance
National Life

राष्ट्र बैंकको नयाँ व्यवस्था, कालोसूचीमा परेका कम्पनीले वित्तीय संस्थामा खाता खोल्न पाउने

सिंहदरबार संवाददाता
२०८० मंसिर १३, बुधबार १५:२७
Hyundai
NCELL
NIMB

काठमाडौं । कालोसूचीमा रहेका फर्म वा कम्पनीले वित्तीय संस्थामा खाता खोल्न सक्ने गरि नेपाल राष्ट्र बैंकले व्यवस्था गरेको छ । राष्ट्र बैंकले एकीकृत निर्देशन २०८० संशोधन गर्दै कानुनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्न कालो सूचीमा परेकाले खाता खोल्न पाउने प्रावधान ल्याएको हो । राष्ट्र बैंकका अनुसार कालो सूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन् । तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न यस व्यवस्थाले बाधा नपुग्ने राष्ट्र बैंकले जनाएको छ ।

‘जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपूर्व ऋणीलेसुरक्षणस्वरुप राखेको धितो लिलाम गरी असुली गर्नुपर्नेछ । यस्तो सुरक्षणबाट भएको असुली पर्याप्त नभई बैंकको लेना रकम बाँकी रहेमा सोको भुक्तानीका लागि जमानतदातालाई ९० दिनको समय प्रदान गर्नुपर्नेछ । सो सूचना अवधिपश्चात मात्र जमानतदातालाई कालोसूचीमा समावेश गर्नुपर्नेछ । तर, जे.भी. मा आवद्ध कुनै फर्मरकम्पनी कालोसूचीमा परेको कारणले मात्र सोही जे.भी.मा आवद्ध अन्य फर्मरकम्पनीहरुलाई कालोसूचीमा राख्न अनिवार्य हुने छैन ।’, नयाँ निर्देशनमा उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

राष्ट्र बैंकको निर्देशनबमोजिम कालोसूचीमा समावेश भएका व्यक्ति, फर्म, कम्पनी, संस्थाले बैंक तथा वित्तीय संस्थामा खाता (कल खाता समेत) खोल्न पाउने छैनन् । ‘तर, कानूनबमोजिम सामाजिक सुरक्षा भत्ता एवम् पेन्सन रकम प्राप्त गर्ने प्रयोजनको लागि खाता खोल्न यस व्यवस्थाले बाधा पुगेको मानिने छैन ।’, नयाँ निर्देशनमा उल्लेख छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्