काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले राजिनामा दिएका छन् ।
दुई महिना पछिवाट लागुहुने गरि सीईओ बरालले कम्पनी संचालक समिति समक्ष राजिनामा दिएका हुन् ।
‘मैले राष्ट्रिय बीमा कम्पनी बाट राजिनामा दिएको छु, दुई महिना पछिवाट लागुहुनेगरी राजिनामा दिएको हुँ’ सीईओ बरालले सिंहदरबार डटकमसँग भने ।
बराल राष्ट्रिय बीमा कम्पनीमा २०७९भदौ २३ मा खुला प्रतिस्पर्धाबाट ४ वर्षका लागि सीईओ नियुक्त भएका थिए ।
प्रतिक्रिया दिनुहोस्