Shikhar Insurance
National Life

नेप्सेमा झिनो अंकको गिरावट, १ अर्ब २८ करोडको कारोबार

सिंहदरबार संवाददाता
२०८० मंसिर १२, मंगलवार १५:३७
Hyundai
NCELL
NIMB

काठमाडौं ।  मंगलबार नेप्से परिसूचक २.१७ अंकले घटेको छ। यस दिन नेप्से ०.११ प्रतिशतले घटेर १८९४.५३ बिन्दुमा बन्द भएको छ। मंगलबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ।

गत कारोबारको दिन १ अर्ब ७५ करोड ४७ लाख ५० हजार ७५५ रूपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम घटेर १ अर्ब २८ करोड २ लाख २८ हजार ९७१ रूपैयाँमा सीमित भएको छ।यस दिन २९० वटा धितोपत्रको ४७ लाख २७ हजार ९०२ कित्ता सेयर किनबेच भएको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मंगलबार बुद्धभूमी नेपाल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक ९.९७ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३९४ रूपैयाँ ८० पैसा पुगेको छ। यस्तै, मन्दाकिनी हाइड्रोपावको सेयर मूल्य ८.९२ प्रतिशतले बढेर प्रति कित्ता मूल्य ३४२ रूपैयाँ पुगेको छ।

सेयर मूल्य सर्वाधिक घट्नेमा नारायणी डेभलपमेन्ट बैंक रहेको छ। उक्त कम्पनीको सेयर मूल्य ५।३३ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य ३५५ रूपैयाँमा झरेको छ।
यस्तै, मिड सोलु हाइड्रोपावरको सेयर मूल्य ४.७५ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ३६१ रूपैयाँ ३० पैसामा सीमित भएको छ।

मंगलबार सोनापुर मिनरल्सको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ३०१ रूपैयाँ २० पैसामा ८ करोड ४९ लाख बराबरको सेयर कारोबार भएको हो। यो मूल्य अघिल्लो दिनको तुलनामा ४.५८ प्रतिशतले बढेको हो।

त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये वित्त, होटल्स तथा पर्यटन, जलविद्युत, उत्पादन तथा प्रशोधन र म्युचुअल फण्ड समूहको परिसूचक बढेको छ भने बाँकी सबै समूहको परिसूचक घटेको हो।

यसदिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.३३ प्रतिशतले बढेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्