Shikhar Insurance
National Life

माछापुच्छ्रे बैंकको फिनपोस कारोबार अब ध्वनी प्रविधिमा

सिंहदरबार संवाददाता
२०८० मंसिर १२, मंगलवार १४:५७
Hyundai
NCELL
NIMB

काठमाडौँ । माछापुच्छ्रे बैंकले नेपालमा पहिलो पटक पीओएस मेसिनमा स्टान्ट पेमेन्ट नटीफीकेसन प्रविधिको शुभारम्भ गरेको छ । यो प्रविधि प्रयोगमा ल्याउने माछापुच्छे् बैंक नेपालमै पहिलो बैंक भएको छ ।

नेपालभरका फिनपोस ब्रान्डको मेसिनमा रिसिप्टको साथै ध्वनीबाट पनि भुक्तानीको सुचना दिने गरीे बैंकले यो नविनतम प्रविधिको सुरुवात गरेको छ । अब बैंकका फीनपोस मर्चेन्टहरुले कार्ड क्युआर र एम –स्माट एनएफसी मार्फत भुक्तानी प्राप्त गर्दा कारोबार सफल भएको जानकारी ध्वनी मार्फत हुने छ । जसले गर्दा सेवाग्राही तथा मर्चेन्टहरुमाझ कार्ड कारोबार प्रति लोकप्रियता एवम् विश्वासनियता अझ बढ्ने अपेक्षा गरिएको छ, साथै भविष्यमा नगदरहित कारोबारलाई समेत टेवा पुग्ने देखिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस सुविधाबाट माछापुच्छ्रे बैंकका हजार भन्दा बढी फिनपोस पीओएस राख्ने मर्चेन्टहरु प्रत्यक्ष लाभान्वित हुने छन् । साथै अन्य कुनै मर्चेन्टहरुलाई यो प्रविधि चाहिएको खण्डमा माछापुच्छ्रे बैंकको ग्राहक सेवा केन्द«मा सम्र्पक राखि उक्त सेवा सजिलै जाडन गर्न सक्नेछन् ।

बैंकले देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०३ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्