काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले दिनदिनै नयाँ रेकर्ड कायम गर्न थालेको छ । सोमबार मात्रै इतिहासकै महँगोको रेकर्ड बनाएको सुनको मूल्यले आज फेरि नयाँ रेकर्ड बनाएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख १७ हजार ७०० रुपैयाँ पुगेको छ । यो नेपाली बजारमा अहिलेसम्मकै महँगो हो । यसअघि सोमबार १ लाख १७ हजार ४०० रुपैयाँ पुगेको थियो ।
महासंघका अनुसार आज तेजावी सुनको मूल्य पनि प्रतितोला ३०० रुपैयाँ बढेर १ लाख १७ हजार १५० रुपैयाँ पुगेको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा पनि मूल्य आकाशिएको बताइएको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बजारमा चाँदी प्रतितोला १ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्