Shikhar Insurance
National Life

प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने छः मुख्यमन्त्री कार्की

सिंहदरबार संवाददाता
२०८० मंसिर ११, सोमबार १६:४४
Hyundai
NCELL
NIMB

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले महिलालाई उद्यमी बनाउने बताएका छन् । मानव अधिकार रक्षक सञ्जाल कोशीद्वारा आयोजित प्रदेशस्तरीय ‘महिलावादी मञ्च–२०८०’ सम्मेलनको उद्घाटन गर्दै उनले महिलालाई तालिम मात्र होइन उद्यमी बनाउनका लागि आवश्यक बजेट छुट्याएको बताए ।

मुख्यमन्त्री कार्कीले महिलाको आर्थिकस्तर वृद्धि गर्न जुनसुकै कठिन परिस्थितिमा पनि सरकार जनताको पक्षमा काम गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सरकार प्रदेशको मानवीय सूचकाङ्क बढाउने कार्यमा लागिपरेको बताउँदै मुख्यमन्त्री कार्कीले प्रदेशका बालबालिका उपचार नपाएर मृत्यु हुने अवस्थाको अन्त्य गरिने बताए । सरकारले बाटो, सामुदायिक भवनलगायत क्षेत्रमा बजेट कटौती हुन नदिने प्रष्ट पारे ।

मुख्यमन्त्री कार्कीले विभेदरहित समाज निर्माण गर्न महिला अगाडि आउनुपर्नेमा जोड दिँदै यस कार्यमा सरकार साथमा रहने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्