काठमाडौं । सर्वोत्तम सिमेन्टको आइपिओ सर्वसाधारणले ३६०.९ रुपैयाँमै पाउने भएका छन् । योग्य संस्थागत लगानीकर्ताहरुका लागि कट अफ प्राइस ४०१ रुपैयाँ कायम भएसंगै सर्वसाधारणले ३६०.९ रुपैयाँमै आइपिओ पाउने भएका हुन् ।
नेपालमा पहिलो पटक बुक बिल्डिङ प्रणलीबाट सर्वोत्तम सिमेन्टले आइपिओ निस्काशन गर्न लागेको हो । ४१ वटा योग्य संस्थागत लगानीकर्ताहरुले ४०१ देखी ४०६ रुपैयाँ सम्ममा सर्वोत्तमको सेयर किन्न आवेदन हालेका थिए ।
बुक बिल्डिङ निर्देशिकाअनुसार योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको न्यूनतम मूल्यलाई कट अफ प्राइस मानी सो को १० प्रतिशत डिस्काउण्ट मूल्यमा सर्वसाधारणलाई आइपिओ जारी गर्नुपर्ने व्यवस्था छ ।
सर्वोत्तमले जारी पुँजी चार अर्ब ६५ करोड रुपैयाँको १२.९०३३ प्रतिशत अर्थात् ६० करोड रुपैयाँ बराबरको कुल ६० लाख कित्ता सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमती पाएको थियो ।
कुल निष्कासनको ४० प्रतिशतले हुन आउने २४ लाख कित्ता सेयर योग्य संस्थागत लगानीकर्तालाई बिक्री गरेको हो । बाँकी ६० प्रतिशत अर्थात ३६ लाख कित्ता सेयर भने आम सर्वसाधारणलाई अब जारी गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्