Shikhar Insurance
National Life

तेस्रो लगानी सम्मेलन ८१ वैशाखमा हुँदै, ‘बहुपक्षिय सहभागीता गराउँछौं’ : अर्थमन्त्री

सिंहदरबार संवाददाता
२०८० मंसिर १०, आईतवार १७:०८
Hyundai
NCELL
NIMB

काठमाडौं । सरकारले बहुपक्षिय सहभागीता सहितको तेस्रो लगानी सम्मेलन आयोजना गर्ने भएको छ । आगामी वैशाख ९ र १० गते काठमाडौंमा लगानी सम्मेलन गर्ने गरी तयारी भइरहेको अर्थमन्त्री डा. प्रकाश शरण महतले जानकारी दिए ।

लगानी सम्मेलनका लागि अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति रहेको छ । उक्त निर्देशक समितिको पहिलो बैठक आज बसेको हो । समितिको बैठकपछि अर्थमन्त्री डा. महतले लगानी सम्मेलन आयोजना हुने पत्रकार सम्मेलन मार्फत जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सम्मेलनमा बोल्दै महतले भने ‘वैसा्खमा हुने लगानी सम्मेलन बहुपक्षीय हुनेछ । यसमा बैदेशीक लगानीकर्ता, श्वदेशी लगानीकर्ता तथा गैर आवासीय नेपाली लगायतको  संयुक्त हसभागीतामा लगानी सम्मेलन गर्ने तयारी गरेका छौं’। ‘यो लगानी सम्मेलनले विदेशी लगानी मात्र होइन, नेपाली लगानीकर्ता र गैरआवासीय लगानीकर्तालाई पनि सँगसँगै लैजाने हो । लगानी सम्मेलनबारे विदेशी राजदूतावासलाई परिचालन गरिनेछ’ महतले भने ।

लगानी सम्मेलन आयोजना गर्नका लागि मुख्यसचिवको नेतृत्वमा कार्यान्वयन समिति, उद्योग वाणिज्य तथा आपूर्त मन्त्रालयका सचिवको नेतृत्वमा प्राविधिक समिति  रहेकाे छ । तेस्रो लगानी सम्मेलनको सचिवालय लगानी बोर्डको कार्यालयमा रहने जनाइएको छ।

लगानी सम्मेलनका लागि आवश्यक कानुनी सुधार, प्राविधिक विषय, लगानीकर्तालाई सम्मेलनबारे जानकारी दिने लगायतका काम ,कार्यान्वयन समिति र प्राविधिक समितिमार्फत गरिने छ । लगानी सम्मेलनका लागि कुल आयोजना ‘सोकेस’मा लैजाने भन्नेबारे पनि तयारी गर्न पनि अर्थमन्त्री डा. महतले निर्देशन दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्