Shikhar Insurance
National Life

बीआरआईको चीन–युरोप रेलवे नेटवर्कबाट ८१ हजार मालवाहक रेल गुडे

सिंहदरबार संवाददाता
२०८० मंसिर ९, शनिबार ०९:४९
Hyundai
NCELL
NIMB

बेइजिङ । चीन–युरोप मालवाहक रेल नेटवर्कले सम्पूर्ण युरोपलाई समेटेको छ । आजसम्म करिब ८१ हजार चीन–युरोप मालवाहक रेल यात्रा सम्पन्न गरी २५ युरोपेली देशहरूका २१७ शहरहरूमा सेवाहरू प्रदान गरिसकेको राष्ट्रिय विकास र सुधार आयोगले जनाएको छ ।

चीन–युरोप मालवाहक रेलहरूले एसिया र युरोपमा अन्तरराष्ट्रिय यातायात मार्गहरूको आकार परिवर्तन गरेको छ । आर्थिक सहयोगका लागि नयाँ प्लेटफर्म निर्माण गरेको छ र विश्वव्यापी औद्योगिक र आपूर्ति शृङ्खलाको स्थिरता सुनिश्चित गर्न मद्दत गरेको आयोगका अधिकारी सु जियानपिङले पत्रकार सम्मेलनमा बताएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चीन–युरोप रेलवे एक्सप्रेस चीनको बेल्ट एण्ड रोड इनिसिएटिभको प्रमुख उद्यमका रूपमा विकसित भएको छ । भविष्यमा यस किसमको सेवाहरू अझ विकसित र विस्तारित हुने अपेक्षा गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्