काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले भारतमा एकसाथ दुई अवार्ड जितेको छ । इन्स्योरेन्सले भारतीय चेम्बर अफ कमर्शले भारतको ‘आर्थिक राजधानि’ भनेर चिनिएको मुम्बईमा गए राति दुई अवार्ड प्रदान गरेको हो ।
कार्यक्रममा नेपालको ‘उत्कृष्ठ लघु बिमक (बेस्ट माइक्रो इन्स्योरर–नेपाल)’ र ‘अति प्रभावकारी प्रविधि अनुकुलन (मस्ट इफेक्टिभ एडप्सन अफ टेक्नोलोजी–नेपाल)’ अवार्ड आफूहरुले प्राप्त गरेको कम्पनीले जनाएको छ ।
हिमालयन एभरेस्टले पछिल्लो समय वर्षेनी अन्तरराष्ट्रिय अवार्डहरु हात पार्दै आएको छ ।
यसअघि पनि सिंगापुरमा ‘इन्स्योरेन्स एसिया’ले दुई वटा प्रतिष्ठित सम्मानद्वारा हिमालयन एभरेस्टलाई सम्मानित गरेको थियो । गत साउन १३ मा कम्पनीले सिंगापुरमा ती दुई अवार्ड थापेको थियो ।
नेपालमा बीमाको समावेशिकरणमा नेतृत्वदायी भूमिका खेलेको भनेर ‘इन्स्योरेन्स इन्क्लुजन इनिसियटिभ अफ द येअर नेपाल’ अवार्ड पाएको थियो । त्यस्तै नविन बीमा योजनाहरु कार्यान्वयनमा ल्याएको भनेर ‘न्यू इन्स्योरेन्स प्रडक्ट अफ द येअर नेपाल’ अवार्ड पनि हिमालयन एभरेस्टले नै हात पारेको थियो ।
प्रतिक्रिया दिनुहोस्