Shikhar Insurance
National Life

नेपाल लाइफलाई उत्कृष्ट इन्स्योरेन्स को अन्तर्राष्ट्रिय अवार्ड

सिंहदरबार संवाददाता
२०८० मंसिर ८, शुक्रबार ११:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चौथो आइसीसी इमार्जिङ एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड,२०२३ समारोहमा उत्कृष्ट बीमा कम्पनीको सम्मान पाएको छ । भारतको मुम्बईमा आयोजित समारोहमा नेपाल लाइफले ‘आउटस्ट्यिाण्डिङ परफरमेन्स इन द लाइफ इन्स्योरेन्स इण्डष्ट्री अफ नेपाल’ सम्मान पाएको हो ।

इन्डियन च्याम्बर अफ कमर्सले आयोजना गरेको समारोहमा उत्कृष्ठ दाबी भुक्तानीको अनुपात, चुक्तापुंजी, प्रथम बीमा शुल्क आर्जन र कम्पनीद्वारा प्रशिक्षणमा गरिएको लगानी जस्ता मापदण्डहरुलाई मुल्यांकन गर्दै नेपाल लाइफलाई यो सम्मान प्रदान गरिएको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले सम्मान ग्रहण गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चौथो आइसीसी इमार्जिङ एशिया इन्स्योरेन्स कन्केल्भ तथा अवार्ड, २०२३ पीडब्ल्युसी भारतको सहकार्यमा आयोजना गरिएको हो । संसारमै प्रतिष्ठीत परामर्शदाता पीडब्ल्युसीले एसियामा उदीयमान इन्स्योरेन्स कम्पनीहरुको कार्यसम्पादन गर्ने प्रक्रियालाई समिक्षा गर्दै कम्पनीहरुलाई विभिन्न विधामा सम्मानित गरिएको हो । कम्पनीको कार्य कुशलता, प्रभावकारी एवं पारदर्शी नीति तथा योजना, आम जनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहको आधारमा सर्वश्रेष्ठ रहँदै कार्यसम्पादन गरेकाले कम्पनीलाई यो सम्मान दिईएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय संचालक समितिका अध्यक्ष तथा सदस्यहरु, सम्पूर्ण कर्मचारीवर्ग, अभिकर्तावर्ग, नियामक निकाय, शेयरधनि तथा नेपाल लाइफसँग आवद्ध समस्त सेवाग्राहीहरुलाई प्रदान गर्दै सफलताको बाटोमा अग्रसर रहन प्रेरित गर्ने सबैमा हार्दिक आभार प्रकट गरे । यसरी नै सामुहिक सहकार्य गर्दै जीवन बीमाको महत्व तथा यसको उपयोगिताको बारेमा अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै बीमाको लागि प्रोत्साहन गराउने कार्यमा नेपाल लाइफलाई अगाडि बढ्न सदैव हौसला मिल्ने अपेक्षा रहेको सीईओ पराजुलीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्