Shikhar Insurance
National Life

एभरेष्ट बैंकले जगदम्बा स्पिनिङ मिल्समा गर्यो वित्तीय साक्षरता कार्यक्रम तथा एटिएम् सञ्चालन

सिंहदरबार संवाददाता
२०८० मंसिर ७, बिहीबार १८:३०
Hyundai
NCELL
NIMB

लुम्बिनी । एभरेष्ट बैंकले रुपन्देहीको मायादेवी गाउँपालिका वडा नं ३ अवस्थित जगदम्बा स्पिनिङ मिल्सको प्राङ्गणमा एटिएम सेवा शुरु गरेको छ । सो एटिएमको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र मिल्सका निर्देशक दिवस न्यौपानेले संयुक्त रुपमा गरेका हुन् ।  योसंगै बैंकको एटिएमको संख्या १६३ पुगेको छ ।

सो अवसरमा बैंकका प्रमुख कार्याकारी अधिकृत खालिङले उक्त एटिएम् सेवा विस्तार संगै मिल्समा कार्यरत सम्पूर्ण मजदुर र कर्मचारीहरु तथा मायादेवी गाउँपालिका वडा नं. ३ का स्थानिय बासन्दालाई सो सेवाले थप सहज र सरल हुने कुरा व्यक्त गरे । मिल्सका निर्देशक न्यौपानेले बैंकले आफ्नो प्रङगणमा एटिएम् सञ्चालनमा ल्याएकोमा खुसी व्यक्त गर्दै घन्यावाद ज्ञापन गरे ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै सोही अवसरमा बैंकले उक्त मिल्समा कार्यरत ५० भन्दा बढी मजदुरहरुलाई वित्तीय साक्षरता कार्यक्रम समेत सञ्चालन गरेको छ । बैंकका तर्फबाट लुम्बिनी प्रदेश प्रमुख लव प्रसाद कुईकेल, भैरहवा शाखाका शाखा प्रबन्धक ध्रुव प्रसाद आचार्य र अधिकृत अमित थापाले बचत गर्ने बानी तथा बचतको महत्व सम्बन्धी जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा बैंकका तर्फबाट बुटवल शाखाका प्रबन्धक नविन पण्डित श्रेत्री र मिल्सका तर्फबाट अंकुर न्यौपानेको समेत उपस्थिति रहेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्