Shikhar Insurance
National Life

४ महिनामा आयात र निर्यात दुबै घट्यो, ५ खर्बको आयात हुँदा ५० अर्बको निर्यात

सिंहदरबार संवाददाता
२०८० मंसिर ७, बिहीबार १३:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को चौथो महिना अर्थात कात्तिक महिनासम्ममा आयात निर्यात दुबै घटेको छ। भन्सार विभागले बिहिबार सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिमा आयात ३.७९ प्रतिशतले घटेको छ भने निर्यात ७.६८ प्रतिशतले घटेको छ।

विभागका अनुसार चालु आवको कात्तिकसम्म ५ खर्ब १२ अर्ब ५० करोड रुपैयाँको वस्तु तथा सेवा आयात भएको छ। यो आयात गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३.७९ प्रतिशतले कम हो। गत आवको सोहि अवधिमामा ५ खर्ब ३२ अर्ब ६९ करोडको वस्तु तथा सेवा आयात भएको थियो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै, कात्तिक महिनासम्ममा ५० अर्ब ५६ करोड ५३ लाख रुपैयाँको वस्तु तथा सेवा निर्यात भएको छ । यो रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.६८ प्रतिशत कम हो। गत आर्थिक वर्ष चार महिनामा नेपालले ५४ अर्ब ७७ करोडको निर्यात भएको थियो।

यस अवधिमा नेपालले ४ खर्ब भन्दा बढी व्यापार घाटा व्यहोरेको छ । यस अवधिमा नेपालले ४ खर्ब ६१ अर्ब ९३ करोड ८० लाख व्यापार घाटा व्यहोरेको हो । यो व्यापार घाटा गत आवको सोहि अवधिको भन्दा ३.३४ प्रतिशतले कम हो । गत वर्षको सोहि अवधिमा नेपालले ४ खर्ब ७७ अर्ब ९१ करोड ७० लाख रुपैयाँ व्यापार घाटा व्यहोरेको थियो ।

नेपालले कात्तिक महिनासम्म ५ खर्ब ६३ अर्ब ६ करोड ८८ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । गत वर्षको सोहि अवधिमा ५ खर्ब ८७ अर्ब ४६ करोड ५६ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्