काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले सेयर बजार अप्राकृतिक रुपले बढेकाे टिप्पणी पुनः दोहोर्याएका छन् ।
राष्ट्रिय कर दिवस समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा.महतले नेपालको सेयर बजार अप्राकृती रुपले बढेको दोहोर्याएका हुन् ।
उनले नेपालको सेयर बजार र घरजग्गाको कारोबार अधिक वृद्धि भएकाले अहिले अर्थतन्त्रमा केही समस्या आएको दावी गरेका हुन् ।
“नेपालको सेयर बजार अप्राकृतिक रुपले बढेकै हो”, अर्थमन्त्री डा. महतले भने । उनले घरजग्गाको कारोबार पनि त्यसरी नै अनावश्यक रुपले वृद्धि भएको टिप्पणी गरे । “पोहोर साल डबल भयो, यसपाली नि डबल हुन्छ, अर्को साल ट्रिपल हुन्छ भनेर बैंकबाट ऋण लिएर जग्गा र टावरहरुमा पैसा लगाएपछि अहिले समस्या देखिएको हो”, मन्त्री महतले भने ।
उनले नेपाल राष्ट्र बैंकले पहिले लिएको लचिलो मौद्रिक नितिले अनावश्यक ठाउँमा धेरै ऋण गएको आरोप पनि लगाए । अहिले भने राष्ट्र बैंकले आवश्यकता भन्दा धेरै कडाइ गरेको आरोप पनि लगाए ।
प्रतिक्रिया दिनुहोस्