काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको पहिलो तिन महिनामा त्रैमासमा १४ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ।
कम्पनीले गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३५.६२ प्रतिशत बढी नाफा आर्जन गरेको हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले नाफा ६ करोड २० लाख रुपैयाँ मात्र आर्जन गरेको थियो।
असोज मसान्तसम्ममा इन्स्योरेन्सको कुल भुक्तानी भएको दाबी १४.८१ प्रतिशत बढेको छ। त्यसैगरी, इन्स्योरेन्सको कुल खर्च १५.९२ प्रतिशत मात्र बढेको छ।
नाफासँगै इन्स्योरेन्सको प्रतिसेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी २१ रुपैयाँ १२ पैसा बढेर ३९ रुपैयाँ ३८ पैसा पुगेको छ। असोज मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १८.३८ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ६१ पैसा रहेको छ।
समीक्षा अवधिमा इन्स्योरेन्सको कुल आर्जित बीमाशुल्क १५.८७ प्रतिशत बढेको छ भने कमिशन आम्दानी १४.६६ प्रतिशत र लगानी तथा ऋणबाट आम्दानी १५४.८९ प्रतिशत बढेको छ। कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ६३.१६ प्रतिशत बढेको छ।
१ अर्ब ४९ करोड ४७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती जगेडा ७ करोड रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्ग २३ करोड ६२ लाख रुपैयाँ र अन्य इक्विटी १ अर्ब २२ करोड रुपैयाँ रहेको छ।
प्रतिक्रिया दिनुहोस्