Shikhar Insurance
National Life

काठमाडौंमा निषेधाज्ञा, पाँच जना भन्दा बढी भेला हुन नपाउने

सिंहदरबार संवाददाता
२०८० मंसिर ४, सोमबार १९:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । मंसिर ४ गतेदेखि काठमाडौंका केहि क्षेत्रमा निषेधाज्ञा घोषणा गरिएको छ । काठमाडौं जिल्ला प्रशासन कार्यालयले मंसिर ४ गतेदेखि ३० दिनसम्म माइतीघर मण्डलादेखि बानेश्वर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको हो । जिल्ला सुरक्षा समिति काठमाडौंको बैठकको सिफारिसका आधारमा मंसिर ४ गतेदेखि ३० दिनसम्म सो क्षेत्रमा पाँच जना भन्दा बढी भेला हुन नपाउने गरि निषेधित क्षेत्र तोकिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जारी गरेको सूचना अनुसार पद्यमोदय मोडदेखि सिंहदरबार पश्चिम गेट, सर्वोच्च अदालत हुँदै माइतीघर मण्डलाको चौरतर्फ निषेधित क्षेत्र घोषणा गरिएको छ । त्यस्तै, माइतीघर मण्डलादेखि बबरमहल, बिजुलीबजार पुल हुँदै नयाँ बानेश्वर चोकसम्म पनि निषेधित क्षेत्र घोषणा गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निषेधित क्षेत्र घोषणा भएसँगै यो स्थानमा ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउ, अनशन, सभा लगायतका आन्दोलन वा विरोधका कार्यक्रम गर्न पाइने छैन । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३क) बमोजिम निषेधित क्षेत्र तोक्ने निर्णय भएको हो । यसमा कुनै ठाउँमा हुलदंगा वा अशान्ति भएमा वा हुनसक्ने पर्याप्त आधार देखिए क्षेत्र र समय तोकेर हुलदंगा वा अशान्ति पार्ने उद्देश्यले एकैठाउँमा ५ जनाभन्दा बढी मानिस जम्मा हुन नपाउने आदेश गर्नसक्ने उल्लेख छ ।

मंसिर ७ गते दुर्गा प्रसाईँ र एमाले निकट युवा संघले प्रदर्शनको कार्यक्रम राखेपछि निषेधाज्ञा घोषणा गरिएको हो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्