काठमाडौं । नेपाल एसबिआई बैंकका लगानीकर्ताले १०.५५ प्रतिशत लाभांश पाउने भएका छन् । बैंकले गत आर्थिक बर्षको नाफाबाट आफ्ना लगानीकर्ताहरुलाई १०.५५ प्रतिशत लाभांश दिने प्रस्ताव सञ्चालक समितिबाट पास गरेको हो ।
बैंकले ३.७५ प्रतिशत बोनस सेयर र ६.८० प्रतिशत नगद लाभांश(करसहित) दिने निर्णय गरेको हो ।
नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी साधारण सभाबाट पास भएपछि बैंकका लगानीकर्ताले सो मात्रामा लाभांश पाउनेछन् ।
प्रतिक्रिया दिनुहोस्