Shikhar Insurance
National Life

हिमालयन रिको ‘प्रिमियम आईपीओ’मा आवेदन खुल्यो

सिंहदरबार संवाददाता
२०८० मंसिर ४, सोमबार ०९:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको प्रिमियम आईपीओमा आवेदन खुलेको छ । कम्पनीले आज अर्थात मंसिर ४ गतेदेखि जारी पूँजी १० अर्ब रुपैयाँको ३० प्रतिशतले हुन आउने ३ अर्ब रुपैयाँ बराबरको प्रिमियम आईपीओ निष्काशन सुरु गरेको हो ।

यो आईपीओको मूल्य प्रतिकित्ता २०६ रुपैयाँ पर्छ । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थपेर ३ करोड कित्ता सेयर निष्काशनका लागि अनुमति पाएको थियो । आजबाट निष्काशन हुने आईपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीले मात्रै आवेदन दिन पाउनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कुलमध्ये १० प्रतिशत अर्थात ३० लाख कित्ता शेयर नेपाल सरकारको सम्बन्धीत निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा रहेका नेपालीलाई निष्काशन गरिएको हो । २ प्रतिशत अर्थात ६ लाख कित्ता कार्यालयमा कार्यरत कर्मचारीलाई,५ प्रतिशत अर्थात १५ लाख कित्ता सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहेको २ करोड ४९ लाख कित्ता सर्वसाधारणले आवेदन दिन सक्नेछन् । हिमालयन रिको आईपीओ बिक्रि प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

कम्पनीले आईपीओ जारी गरेर ६ अर्ब १८ करोड रुपैयाँ संकलन गर्नेछ । नेपाल धितोपत्र बोर्डमा भदौ २६ गते निवेदन पेश गरेको कम्पनीले कार्तिक १ गते आईपीओ जारी गर्ने अनुमति पाएको थियो । कम्पनीले आइपीओ निष्काशनका लागि गराएको रेटिङ अनुसार इक्रा नेपालबाट केयरएनपि आइआर ए माइनस रेटिङ पाएको छ । यस रेटिङले कम्पनीमा गरिएको लगानीमा कम जोखिम रहेको संकेत गर्दछ ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्