Shikhar Insurance
National Life

गरिबसँग १०/२० रुपैयाँ उठाएर खडा भएको खर्बाैको ‘सहारा’ व्यवसायीक साम्राज्य कसरी ढल्यो ?

सिंहदरबार संवाददाता
२०८० मंसिर ३, आईतवार १३:५९
Hyundai
NCELL
NIMB

एक समय थियो जतिबेला सहारा समुहसँग लण्डनदेखि न्युयोर्कसम्म होटल थिए । आफ्नै एयरलाइन्स थियो र आईपीएलदेखि फर्मुला १ टिम थियो । यति मात्रै होइन, सहारा समुहले भारतीय क्रिकेट टिमको प्रायोजन पनि गर्दथ्यो ।
कम्पनीको पहुँच भवन निर्माणदेखि लिएर वित्तिय सेवा, नगर विकास फण्ड र जीवन बीमा आदी क्षेत्रसम्म थियो । कम्पनीसँग अम्बे भ्याली टाउनशिप थियो, लखनऊदेखि अन्य कैयौं ठूला शहरहरुमा जमिनको ठूलो हिस्सा थियो । देशभर हजारौं कर्मचारी यो कम्पनीमा काम गर्थे । कम्पनीको आफ्नो सञ्चार साम्राज्य थियो ।

आफ्नो करिअरको सुरुवाति दिनहरुमा स्कुटरमा गुड्ने ‘सहाराश्री’ सुब्रत रोय सहाराको पार्टीमा राजनीतिज्ञदेखि क्रिकेटर र बलिउडका तमात हस्तिहरु आउँथे । रोय अखबारहरुको चर्चा केन्द्रमा रहन्थे । एक रिपोर्टका अनुसार साल २००४ मा उनका दुई छोराहरुको विवाहमा ५ सय करोड भारु भन्दा धेरै खर्च गरिएको थियो । यसमा ११ हजार भन्दा धेरै पाहुना सहभागी थिए, चार दिनसम्म चलेको वैवाहिक समारोहका निम्तालुहरुका लागि निजी जेटबाट ल्याईएको थियो ।
तर २०२३ नोभेम्बर १४ तारिखका दिन सुब्रत रोयको मृत्यु भएको खबर फैलिएसँगै कम्पनीको अवस्थामा धेरै परिवर्तन भएको सुन्न पाइन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले सहारा ग्रुपले आफ्नो कैयौं सम्पति बेचिसकेको छ । पहिलेको जस्तो ग्ल्यामरको नामोनिशान छैन् । जानकारहरुका अनुसार कम्पनीको आर्थिक अवस्था निकै नाजुक छ । यो पनि स्पष्ट छैन की सुब्रत रोयपछि कम्पनीको जिम्मेवारी कसको काँधमा जानेछ । भनिन्छ, उनका दुबै सन्तान भारतमा छैनन्, तर हामीले त्यसको पुष्टि गर्न सकेनौं ।  सुब्रत रोयलाई नजिकबाट चिन्नेहरुले फरक फरक विचार राखिरहेका छन् ।

सहारामाथि ‘द अनटोल्ड स्टोरी’ लेख्ने पत्रकार तमल बन्दोपाध्यायका अनुसार आफ्नो चरम उत्कर्षमा सहारासँग ४ हजार ७ सय ९९ कार्यालय र १६ अलग अलग प्रकारका बिजनेश थिए । तर नयाँ परिस्थितिमा सहारा ग्रुप बच्ने अवस्था मुस्किल बन्दै गएको छ । जानकारहरुका अनुसार जेलबाट रिहा भएपछि सुब्रत रोय मिडियाबाट केहि टाढै रहन्थे । कम्पनीका बारेमा थप कुरा गर्न सहाराका कोहि पनि उच्च पदस्थहरु सम्पर्कमा आएका छैनन् । सुब्रतका एक निकै नजिकका व्यक्तिले भनेका छन् की परिवारका कोहि पनि सदस्यहरु अहिले कुरा गर्ने अवस्थामा छैनन् ।

सुब्रत रोय बन्ने कथा
कैयौं अर्थमा सुब्रत रोयको सफलताको कथा रहस्यहरुले घेरिएको छ । एउटा व्यक्ति केहि बर्षमै कसरी यति ठूलो कम्पनी र यत्रो सम्पतिको मालिक बन्यो ? र सत्ता, राजनीति, मिडिया एंव ग्ल्यामरको क्षेत्रमा यति ठूलो नाम कसरी बन्न सक्यो ?
लेखक तमल बन्दोपाध्यायका अनुसार, सहाराको तिब्र प्रगतिमा सुरुवातदेखि नै यस्तो आरोप लाग्न थालेको थियो कि–यस्तो पैसा कहाँबाट आयो, के यो अरु कसैको पैसा हो ? रोयले सधै कुनै पनि गलत काम नगरेको प्रष्टिकरण दिँदै आएका थिए ।

सफलताको चरम बिन्दुमा पुगेपछि एक समय यस्तो पनि आयो की बजार नियामक र सुप्रिम कोर्टको फैसलाका कारण रोयले जेल जानु पर्यो । ६० को दशकदेखि रोयका साथी रहेका अजय चटर्जी भन्छन–‘सुब्रत रोयको जन्म बिहारको अररियामा भएको थियो, पछि उनको परिवार गोरखपुर गयो, उनले गोखरपुरमा गभर्मेन्ट पोलिटेक्निकलमा अध्ययन गरे । सुब्रत रोयले पोलिटेक्निकमा डिप्लोमा सके, सुब्रतका बुवा एक चिनी मिलमा मेकानिकल इञ्जिनियर थिए ।’
ऋजय चटर्जीका अनुसार सुब्रत साह्रै मिनसार व्यक्ति थिए र उनी जस्तो व्यक्ति फेला पार्नै मुस्किल थियो ।

वित्तिय क्षेत्रमा आउनु अघिसम्म सुब्रतले स साना व्यवसाय गरेका थिए । उनले नमिकनको फ्याक्ट्री लगाए, बनाए, प्याकेजिङ गरे र बेचे पनि । चटर्जीका अनुसार सहाराको सुरुवाति दिनहरुमा ६० को दशकतिर एक कम्पनी चिट फण्डका डाइरेक्टर गोरखपुर आएका थिए । जससँग उनको भेट भयो र चटर्जी पनि मासिक १५ रुपैयाँमा कम्पनीका सदस्य बने । चटर्जीले नै सुब्रत रोयलाई सो कम्पनीको सदस्य बनाएका थिए । केहि समयपछि रोयको अनुरोधमा चटर्जीले उनलाई कम्पनीका प्रमुख खुराना साहबसँग भेट गराए । तर केहि समयपछि नै यो कम्पनी सुब्रत रोयकै जिम्मा लगाईयो ।

आखिर किन र कसरी ? यो प्रश्नको जवाफ भने केहि नरहेको चटर्जी बताउँछन् । चटर्जीका अनुसार रोयको सम्वादमा मानिसहरु मोहित हुन्थे । यसरी सन १९७८ मा सहाराको सुरुवात भयो ।

सहारा विस्तारको कथा
सहाराको विस्तार यस्तो समयमा जतिबेला देशका गरिब र पिछडिएको क्षेत्रमा नागरिकसँग बैंक, पोष्ट अफिस डिपोजिट जस्ता सुबिधा थिएनन् । यीनै गरिब नागरिकहरु जोसँग रोजगारीसम्म थिएन, उनीहरुसँग दैनिक १० देखि २० रुपैयाँ उठाएर केहि दिन, केहि महिनापछि राम्रो ब्याजसहित एकमुष्ठ भुक्तानी गरेर सहाराको तिब्र रफ्तारमा विस्तार भएको थियो ।

यी नागरिकहरुसँग पक्की घर समेत थिएन, तर उनीहरुलाई सुन्दर भविष्यको आशा थियो, यहि आधारमा उनीहरुले आफ्नो महनतको कमाईको एक हिस्सा बचाएर सहारालाई दिन्थे । उनीहरुको लागि भविष्यको आवश्यकता विवाह, पढाई आदिका लागि जम्मा गर्ने यो महत्वपूर्ण तरिका थियो । जानकारहरुका अनुसार ८० को दशमा यहि भरोसामा लाखौं गरिब र पिछडिएका नागरिकहरु सहारासँग जोडिएका थिए । कम्पनीमाथिको यहि भरोसा नै सहाराको विस्तारको आधारशिला बन्यो ।
बरिष्ठ पत्रकार शरत प्रधानका अनुसार यो त्यहि दशक थियो जब सुब्रत रोय बिर बहादुर सिंह र मुलायम सिंह जस्ता नेताहरुको नजिक पुगेका थिए । लेखक तमलका अनुसार क्रिकेटर र बलिउड स्टारसँगको नजिकको सम्बन्धका कारण लगानीकर्ताहरुमा सहारामाथि भरोसा बढेको थियो । र कम्पनीले तिब्र गतिमा प्रगति गरिरह्यो । तर यसको सिधा फाइदा भने सुब्रत रोयलाई भयो । तमलका अनुसार रोयको सरकारी नियमहरुमाथि विश्वास थिएन् र उनी आफ्नै हिसाबले कम्पनी अघि बढाईरहेका थिए । तर सधै प्रश्न पनि उठिरह्यो की पैसा आउने र जानेको बहाबका बीचको सन्तुलन कहिलेसम्म कायम रहन्छ ?

खराब समयको सुरुवात
सहारा समुहका लागि दुःखको समय त्यतिबेला आयो जतिबेला दुई कम्पनीले तीन करोड लगानीकर्तासँग २४,००० करोड रुपैयाँ उठयो र त्यसमा सेक्युरीटी बोर्ड अफ इण्डिया(सेबी)को ध्यान तानियो । सन २०१० मा सेबीले सहारालाई लगानीकर्ताको पैसा फिर्ता गर्न भन्यो । तर कम्पनीले त्यस्तो पैसा फिर्ता गर्न अस्विकार गरिदियो । सहाराका लगानीकर्ता को को हुन् ? यी बिषयमा व्यापक जानकारी बाहिर आउन थाल्यो ।

सन २०१३ सालमा सहाराले १२७ ट्रकमा ३१ हजार बक्समा तीन करोड लगानीकर्ताको जानकारी सेबीलाई पठायो । कतिपय अवस्थामा यो कदमलाई सेबीलाई तर्साउन उठाईएको रुपमा लिईएको थियो । लेखक तमलका अनुसार कलावति नामकी एक महिलाको नाम ५९८४ पटक आयो, कागजमा उनको ठाउँको नाम मात्रै लेखिएको थियो । त्यसकारण यस्तो अवस्थामा लगानीकर्ताहरु पत्ता लगाउन निकै कठिन थियो ।

तमलका अनुसार सहारामाथि आरोप लाग्यो की यो पैसा आम मानिसहरुको होइन, पैसा केहि दोश्रो व्यक्तिको हो र सहारामा राख्ने गरिएको थियो । तर यसको कुनै प्रमाण भने नभएको तमल बताउँछन् । मिडियाहरुलाई दिईएको सबै अन्तरवार्ताहरुमा रोयले गडबडी नभएको दावी गर्दै आएका थिए । पत्रकार शरत प्रधानका अनुसार सहारा विरुद्धको कारवाहीको श्रेय त्यतिबेलाका सेबीका प्रमुख युके सिंहलाई जान्छ ।

नोभेम्बर सन २०१३ मा रोयले एक अन्तरक्रियामा भनेका थिए की उनको कम्पनीका लागि खराब दिन त्यतिबेला सुरुभयो जतिबेला उनले एक भावनात्मक टिप्पणीमा काँग्रेस अध्यक्ष सोनिया गान्धीका बारेमा भनेका थिए की केबल भारतीय मुलका व्यक्ति मात्रै देशको प्रधानमन्त्री बन्नुपर्छ ।

सहाराका विरुद्धको यो मामलामा सेबी अदालत गयो, सहाराले आफ्नो सम्पति बेच्नु पर्यो र अन्ततः सुब्रत रोय स्वंय जेल जानुपर्यो । लगानीकर्ताहरुको रकम सरकारी खातामा जम्मा गरियो । सहाराका लगानीकर्ताहरुको रकम फिर्ता गर्नका लागि सरकारले सोही बर्ष एक वेभसाइट पनि सार्वजनिक गरेको थियो । नागरिकहरुको पैसा फिर्ता गर्ने कोशिसका वावजुद निकै थोरै मानिसले मात्रै आफ्नो रकम फिर्ता पाएका थिए । अहिले पनि केहि त्यस्ता व्यक्तिहरु छन् जो आफ्नो पैसा कुरिरहेका छन् ।

सहाराको भविष्य
एक समय हजारौं कर्मचारीहरुको कम्पनी सहाराको भविष्य अब के हो ?
सुब्रत रोयका नजिकका तथा रोयलाई आफ्ना अविभावक मान्ने पण्डित कृष्ण गोपाल मिश्रका अनुसार सुब्रत रोय नरहेपछि कम्पनीलाई निकै ठूलो प्रभाव पर्नेछ ।
मिश्र भन्छन्–यत्रो ठुलो क्राइसिसका बीच पनि उनी देश छाडेर गएनन्, सेबीलाई जति पनि पैसा जम्मा गर्नुथियो, त्यो उनले जम्मा गरिदिए, मानिसहरु उनलाई माया गर्थे, उनलाई भरोसा गर्थे । उनीहरुलाई कहीँ न कहीँ विश्वास थियो की सुब्रत हुन्थे भने सबै ठिक हुन्थ्यो ।

तमलका अनुसार सहारा कम्पनीहरु स्टक मार्केटमा सूचिकृत नभएकाले आज त्यसको मूल्य कति हो भन्ने यकिन गर्न मुस्किल छ । तमलका अनुसार कम्पनीसँग कैयौं शहरमा जमिन छ । लखनउमा मात्रै ३२० एकडको सहारा सीटीसहितको सम्पति छ । तर नगद पैसा भने छैन् । उनका अनुसार पछिल्लो दशकमा सहारा कैयौं बिजनेशबाट पछि हटेको थियो । के परिवारका कोहि सदस्यले सहाराको जिम्मेवारी लिएर अघि बढाउनेछन् वा सुब्रतका नजिकका ओपी श्रीवास्तवको केहि भूमिका हुनेछ ? चटर्जीलाई विश्वास छ की सुब्रतका सानो भाई जेबी रोयले यो कम्पनीलाई पुनः खडा गराउनेछन् । -बीसी हिन्दीका लागि बिनित खरेले तयार पारेको रिपोर्टको अनुवाद

GBIME

प्रतिक्रिया दिनुहोस्