Shikhar Insurance
National Life

अरुण चौधरी फाउण्डेशनद्वारा भूकम्प पिडितहरूलाई आपतकालीन राहत सामाग्रीहरू प्रदान

सिंहदरबार संवाददाता
२०८० कार्तिक २४, शुक्रबार १३:४७
Hyundai
NCELL
NIMB

काठमाडौं । अरुण चौधरी फाउण्डेशनद्वारा जाजरकोट र रुकुम पश्चिमका विनाशकारी भूकम्प पिडितहरूलाई आपतकालीन राहत सामाग्रिहरू प्रदान गरेको छ ।

जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा भूकम्पका कारण व्यापक क्षती भएको र हाल त्यहाँको जिवन निकै कष्टकर वन्दै गएको छ । आधारभुत आवश्यक्ता जस्तैः खाद्यान्न, औषधि, लत्ताकपडा र आवाशको अभाव हुदै गएको छ । संस्थाले अत्यावश्यक सामग्रीको अभाव कम गर्नको लागि १६ टन राहत सामग्री उपलब्ध गराएको छ । संस्थाले उक्त राहत प्याकेज जाजरकोट, नलगाड नगरपालिकाका मेयर श्री डम्बर बहादुर राउतलाई सिधै हस्तान्तरण गरेको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

स्वस्फुर्त एवं सक्रिय प्रयासको रुपमा, सी.जी. होल्डिङ्सका कर्मचारीहरूले समेत स्वेच्छा पुर्वक एक दिनको तलब उपलव्ध गराई राहत प्याकेजमा योगदान दिएका छन् । संस्थाले यस्तो कठिन समयमा सामूहिक प्रयासको महत्वलाई जोड दिदै सवैलाई प्राकृतिक प्रकोपबाट प्रभावितहरूलाई हर तरहले सहयोग गर्नका लागि प्रोत्साहन गरेको छ ।

यो योगदानले भूकम्प प्रभावित क्षेत्रहरुमा तत्काल सहयोग गर्न महत्वपुर्ण भुमिका खेल्ने विश्वास संस्थाले लिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्