काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ मा पुगेको छ ।
आइतबार ३१८ कम्पनीको १ करोड ५७ लाख २० हजार ३ सय ६७ कित्ता सेयर किनबेच हुँदा ९ खर्ब १२ करोड ८६ लाख ७३ हजार ५ सय १४ रुपैयाँ कारोबार भएको छ ।
आज दुई कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । भने कर्पोरेट डेभलपमेन्ट बैकको ९.८८ प्रतिशत, आरम्भ चौतारी लघुवित्तको ९.६८ प्रतिशत, सिक्लेस हाइड्रोपावरको ८.६० प्रतिशत सहित १४६ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्