काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजार हरियाली भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६९.८० अंकले बढेर २७२७.५८ मा पुगेको हो ।
आइतबार ३३० कम्पनीको २ करोड ४८ लाख ४८ हजार ७९ कित्ता सेयर किनबेच हुँदा १२ अर्ब ९५ करोड ५७ लाख ६४ हजार १३६ रुपैयाँ कारोबार भएको छ । आज ९ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ ।
सकारात्मक सर्किट लाग्नेमा ६ लघुवित्त कम्पनी रहेका छन् । त्यस्तै, केबीएल डिभेन्चरको ९.४५ प्रतिशत, थ्री स्टार हाइड्रोपावरको ८.५७ प्रतिशत, मातृभूमी लघुवित्तको ८.५३ प्रतिशत, शुभम पावरको ८.२८ प्रतिशत सहित २४८ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्