काठमाडौं । साताको तेस्रो कारोबार दिन सेयर बजार दिन सेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ मा पुगेको हो ।
मंगलबार ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ करोड ७० लाख ६ हजार २१४ रुपैयाँ कारोबार भएको छ ।
मंगलबार ४ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) को ७.३४ प्रतिशत, इस्टर्न हाइड्रोपावरको ७.२६ प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको ६.८५ प्रतिशत सहित ११६ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्