काठमाडौं । बुधबार सेयर बजार सामान्य अंकले घटेको छ । नेपाल स्टक उक्सचेन्ज (नेप्से) परिसूचक ४.४५ अंकले घटेर २७११.४५ मा पुगेको हो ।
बुधबार ३०९ कम्पनीको १ करोड ९१ लाख ८१ हजार ४१४ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ९५ करोड ८० लाख ७ हजार ३०५ रुपैयाँ कारोबार भएको छ ।
आज ३ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, आज पोखरा फायनानसको ९.८१ प्रतिशत, समृद्धि फाइनान्स कम्पनीको ९.४६ प्रतिशत, भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको ९.०१ प्रतिशत सहित १४३ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्