काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजार सामान्यले घटेका छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २.७० अंकले घटेर २८१८.४३ मा पुगेको छ ।
बिहिबार ३१० कम्पनीकोे १ करोड ९० लाख ४१ हजार ५ सय १४ कित्ता सेयर किनबेच हुँदा १० अर्ब १० करोड १८ लाख १७ हजार रुपैयाँ बढीको कारोबार भएको छ ।
बिहिबार तिन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, राप्ती हाइड्रो एण्ड जेनेरल कन्स्ट्रक्सनको ९.९१ प्रतिशत, महालक्ष्मी विकास बैंकको ७.८४ प्रतिशत सहित १२५ कम्पनीको सेयर बढेको छ ।
प्रतिक्रिया दिनुहोस्