Skip to content
Shikhar Insurance
National Life

‘राजनितिक दल र आर्थिक संस्था बिचौलियाको कब्जामा छन्, यो जालो तोड्नैपर्छ’-स्वार्णिम वाग्ले

Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति, सांसद एवं अर्थविद् डाक्टर स्वर्णिम वाग्लेले बैंकर र व्यवसायी छुट्याउन जरुरी रहेको बताएका छन् ।

आईतवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिमा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयकमा बोल्दै उनले आफू बैंक–व्यवसायी छुट्याउने पक्षमा रहेको बताए । उनले अहिले विचौलियाको राज भइरहेको आरोप समेत लगाए । पार्टीहरु विचौलियाको कब्जामा रहेको र आर्थिक संस्थाहरु पनि कब्जामा रहेको वाग्लेको दाबी छ ।

वाग्लेले भने–“बैंक–व्यवसायी छुट्याउन हुने वा नहुनेमा धेरै बहस भइरहेको छ, अहिलेको समयमा कतिको यो व्यवहारिक हो भन्दै एउटा समूहले प्रश्न उठाइरहेको छ । तर मेरो भनाइ छुट्याउनै पर्छ भन्ने नै छ । किनकी स्वार्थ बाझिन्छ । अहिले जुन विचौलिया राज जुन भइरहेको छ ।  पार्टीहरु कब्जामा छन् । आर्थिक संस्थाहरु कब्जामा छन । यो एकाधिकार बढ्दै जाँदा उनीहरु हावी हुने अवस्था आएको छ यसलाई हामीले तोड्नैपर्ने हुन्छ ।”

वाग्लेकाअनुसार भावनामा बगेर भन्दा पनि आवश्यक अध्ययन तथ्यका आधारमा बैंक–ब्यवसायी छुट्याउनेबारे निर्णय लिन जरुरी छ । अहिले गैर बैंकिङ सम्पती डरलाग्दो तवरले बढेको समेत उनले बताए ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्