Skip to content
Shikhar Insurance
National Life

विगतका कमजोरी सच्याउँदै नीति निर्माण गर्नुपर्छ: सांसद श्रेष्ठ

Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाली काँग्रेसका सांसद किरणबाबु श्रेष्ठले विपद् व्यवस्थापनमा हिजोका कमजोरी सच्याउँदै आगामी दिनका लागि नीति निर्माण गर्नुपर्नेमा जोड दिएका छन् ।

बिहीबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले विपद्पछि वितरण हुने राहत वितरणका लागि एकद्वारा नीति आवश्यक रहेको बताएका हुन् ।

उनले प्राकृतिक विपत्ति रोक्न नसकेपनि मानवीय कारणले हुने विपत्ति रोक्नेतर्फ सचेत र शतर्क हुनुपर्नेमा जोड दिदैँ विपद् न्युनिकरणका लागि पूर्वसूचना प्रणालीको विकासमा जोड दिँदै उनले नीति राम्रा बनेपनि कार्यान्वयन नहुँदा धेरै क्षति भोगिरहनुपरेको बताए ।

सांसद श्रेष्ठले तीन तहको सरकारबीच समन्वयको अभावका कारण विपदपछि उद्धार र राहतमा समेत समस्या भएको गुनासो गरे ।

उनले भने, ‘विपद्बाट भएका क्षतिको राहत कसरी उपलब्ध गराउने भन्ने विषय नेपाल सरकारलाई हरेक वर्ष भइरहेको छ । यसप्रकारका काम भइरहँदा पनि विपद रोकिएको छैन । विपद्पछिको राहत वितरणका क्रममा बाहिर टिका टिप्पणी भइरहेका छन् । नीति व्यवहारिक रुपमा कार्यानवयन कतिको हुन्छ । हिजोका गल्ती सच्याउन सक्दैनौं । गल्तीबाट पाठ सिक्दै आगामी दिनका लागि नीति बनाउन सजिलो भएको छ । प्राकृतिक विपत्ति र मानवीय कारण । प्राकृतिक विपत्ति रोक्न सकिँदैन तर मानवीय कारणले हुने विपत्ति रोक्नका लागि सतर्क हुनुपर्छ ।’

उनले विपद् व्यवस्थापनका लागि समयमै तयारी गर्ने हो भने शतप्रतिशत काम गर्नसकिने दाबी गरे ।

GBIME

प्रतिक्रिया दिनुहोस्