Skip to content
Shikhar Insurance
National Life

वर्षाले सडक बिगार्न थालेपछि वैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीको आग्रह, यस्ता छन् सिफारिस गरिएका ४ रुट

Hyundai
NCELL
NIMB

काठमाडौं ।केहि दिन यताको बर्षादको कारणले नारायणगढ-बुटवल सडक खण्डको विनयी खोलामा पानीको सतह बढ्न गई सवारी आवागमन भईरहेको डाइभर्सनमा क्षती पुगेको छ ।

निरन्तर बर्षाका कारण दुम्कीबास- दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर,घ्यूखोला लगायतका स्थानमा सडक चिप्लो भई सवारी साधन फस्ने तथा चिप्लने भई आवागमन असहज भएको छ ।

निरन्तरको वर्षाले पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणघाट बुटवल खण्डमा रातिदेखि पूर्णरुपमा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार यस खण्डको विनयी खोलको डाइभर्सन बगाउँदा र दाउन्नेमा सडक चिप्लो भएका कारण राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको हो ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालले पुल नहुँदा विनयी खोलामा डाइभर्सन गरी सवारीसाधन सञ्चालन गरिएकोमा बाढीले डाइभर्सन बगाएको बताए ।

त्यस्तै लगातार परेको पानीका कारण दुम्कीबास–दाउन्ने सडक खण्डको विश्वकर्मा मन्दिर, घ्यूखोलालगायतका स्थानमा सडकमा जम्मा भएको हिलो र चिप्लो सडकका कारण सवारीसाधन सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ ।

यसखण्डमा यातायात आवागमनमा सहजता नभएसम्म वैकल्पिक सडक प्रयोग गरी यात्रा गर्न नेपालले आग्रह गर्नुभयो । पूर्वबाट पश्चिमतर्फ जाने सवारीसाधन नारायणगढ, मुग्लिङ, पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यमा जान उनले आग्रह गरेका छन् ।

त्यस्तै, काठमाडौँबाट पश्चिम जाने सवारीसाधन मुग्लिङ पोखरा, स्याङ्जा, बुटवल हुँदै गन्तव्यतर्फ जान र पश्चिमबाट पूर्व जाने सवारीसाधन बुटवल, स्याङ्जा, पोखरा, मुग्लिङ हुँदै गन्तव्यमा जान नेपालले आग्रह गर्नुभयो । त्यसैगरी, साना सवारीसाधन भने सडकको अवस्था बुझेर कालीगण्डकी करिडोरको गैँडाकोट (नवलपुर) पिपलडाँडा (पाल्पा) सडक प्रयोग गर्न सकिने उहाँको भनाइ छ ।

यी सडकहरु बर्खाको समयमा झनै बिग्रिन सक्ने भएकाले नयाँ मार्ग प्रयोग गर्न प्रहरीले भनेको हो । प्रहरीले ४ वटा वैकल्पिक मार्ग प्रयवऊ गर्न सिफरिस गरेको छ ।

पहिलो

पूर्वबाट पश्चिम जाने सवारी साधनको हकमा:- नारायणगढ,मुग्लिङ, पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थान

दोस्रो

काठमाण्डौबाट पश्चिम जाने सवारी साधनको हकमा:-मुग्लिङ पोखरा, स्याङजा, बुटवल हुँदै गन्तव्य स्थान
तेस्रो

पश्चिमबाट पूर्व जाने सवारी साधनको हकमा:- बुटवल, स्याङजा, पोखरा, मुग्लिङ हुदै गन्तव्य स्थान
चौथो

साना सवारी साधनको हकमा अवस्था बुझेर कालिगण्डकी करिडोर अन्तर्गत गैडाकोट, पिपलडाडा सडक खण्ड

GBIME

प्रतिक्रिया दिनुहोस्