Skip to content
Shikhar Insurance
National Life

नयाँ राजनीतिक दलप्रति प्रधानमन्त्रीको टिप्पणी : चलाउन नजान्ने ड्राइभरलाई जिम्मा दिन सकिँदैन

Hyundai
NCELL
NIMB

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ राजनीतिक दलहरुप्रति लक्षित गर्दै देशको नेतृत्व गर्ने जिम्मा दिन नसकिने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गाडी चलाउन नजान्ने ड्राइभरलाई चलाउने जिम्मा दिन नसकिने बताए । उनले राजनीति गर्नेहरुले राजनीति गर्न नहुने र राजनीति गर्न नजान्नेलाई राजनीति गर्न दिनुपर्ने कुरा नसुहाउने बताए । उनले राजनीति बुझेका व्यक्तिलाई राजनीतिक डुंगा चलाउन नदिँदा डुंगा डुब्ने खतरा रहेको बताए ।

उनले नेकपा एमालेलाई महाप्रलयका साथ हमला गर्दा पनि एमाले माथि उठेर देशको प्रमुख राजनीतिक दल भएको बताए । प्रमुख पार्टीका रुपमा आइसकेपछि पनि एमालेलाई नबुझेको उनको भनाइ छ । प्रधानमन्त्री ओलीले राजनीति कसरी गरिरहेका छन् भन्नेकुरा मनन गर्न पार्टीका नेता/कार्यकर्ताहरुलाई आग्रह गरे ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्