Shikhar Insurance
National Life

पेट्रोल ५ र डिजेल प्रतिलिटरमै ४ रुपैयाँ घट्यो, ट्रम्पको उदयसँगसँगै अझै घट्ने अनुमान

सिंहदरबार संवाददाता
२०८१ चैत्र २, शनिबार २०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको उदय भएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्न थालेको छ । राष्ट्रपति ट्रम्पले अमेरिकामा रहेको तेलको भन्डार निकाल्न निर्देशन दिएसँगै पेट्रोलियम पदार्थको मूल्य घट्ने भएको हो ।

ट्रम्पको यो निर्देशनबाट अमेरिकाले आफूले आयात गर्ने तेलको हिस्सा निकै ठूलो परिमाणले घट्नेछ । यस्तै, विश्वव्यापी रुपमा विद्युतिय गाडीको प्रयोग बढ्दै जादा पनि पेट्रोलियम पदार्थको प्रयोग घट्दै गएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध सुरु गरेपछि तेलको मागमा कमि आउने प्रक्षेपण गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा निकाय (आइइए)ले ट्रम्पमशव उदयसँगै तेल बजार प्रभावित हुने अनुमान गरेको हो ।

आइइएको तथ्याङ्क अनुसार ‘फेब्रुअरी र मार्चको सुरुमा कच्चा तेलको मूल्यमा गिरावट आएको छ । विश्वव्यापी अर्थ व्यवस्थामा व्यापार युद्धको प्रभावको बारेमा चिन्ता बढेको छ र ओपेक प्लस समूहले अर्को महिना उत्पादन बढाउने योजनाको पुष्टि गरेको छ ।

सन् २०२५ मा विश्वव्यापी तेलको माग दैनिक १० लाख ब्यारेल (बिपिडी) ले बढ्ने अनुमान गरिएको छ । यो सन् २०२४ मा आड लाख ३० हजार बिपिडी थियो । यसले यस वर्षको समग्र मागलाई तेलको कम मूल्य र चीनबाट आउने मागमा वृद्धिका कारण दश लाख ३९ हजार बिपिडीमा लैजानेछ।

विकसित देशहरूलाई ऊर्जा नीतिबारे सल्लाह दिने निकायले सन् २०२४ को अन्तिम त्रैमासिक र यस वर्षको पहिलो तीन महिनाका लागि आफ्नो अनुमान घटाएको जनाएको छ । “नयाँ अमेरिकी करले सन् २०२५ मा विश्वव्यापी व्यापार र आर्थिक वृद्धिमा अवरोधको रूपमा काम गर्नेछ,” आईईएले आफ्नो मासिक तेल बजारबारे तयार पारेको प्रतिवेदनमा उल्लेख गरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेसँगै आयल नियमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले

पेट्रोलियम पदार्थको आगामी १५ दिनको लागि मूल्य समायोजन गरेको हो ।

निगमले शनिबार राती १२ बजेपछि लागू हुनेगरी नयॅा मुल्य कायम गरेको छ। जसअनुसार प्रतिलिटर पेट्रलमा ५ रुपैयाँ, डिजेलमा ४ रुपैयाँ र मट्टितेलमा पनि ४ रुपैयाँ घटाएको छ । नयॅा मूल्य अनुसार प्रतिलिटर पेट्रोलको १६३ रुपैयाँ, डिजेलको १५१ रुपैयाँ र मट्टितेलको रु १५१ रुपैयाँ कायम गरेको छ ।

पेट्रोलियम पदार्थ खरिद गर्दा नयॅा कायम गरिएको मूल्य चेक गरि भुक्तानी गर्न निगमले आग्रह गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्