Skip to content
Shikhar Insurance
National Life

पिपुल्स पावरले तय गर्याे हकप्रद सेयर निष्कासनकाे बुक क्लोज मिति

Hyundai
NCELL
NIMB

काठमाडौं । पिपुल्स पावर लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि बुक क्लोज मिति तय गरेको छ । कम्पनीले ५० प्रतिशत हकप्रद सेयर निष्कासनको लागि असार २ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।

जसअनुसार असार १ गतेसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउँनेछन् । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँका दरले ३१ लाख ६३ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ।

कम्पनीले १:०.५० को अनुपातमा हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएकाले यस कम्पनीको १० कित्ता साधारण सेयर हुनेले ५ कित्ता हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन्।

 

GBIME

प्रतिक्रिया दिनुहोस्