काठमाडौं । पुँजीबजारमा नागरिकको लगानी र हित संरक्षण गर्न धितोपत्र बोर्डको संस्थागत क्षमता सुदृढ गर्नेछ । आर्थिक वर्ष २०८२/०८३ को बजेट भाषणका क्रममा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपाल स्टक एक्सचेन्जको पूनर्सरचना गरी संस्थागत क्षमता अभिवृद्धि गरिने बताएका हुन् ।
बजेट बाटै नेप्सेको पुनसंरचनालाई अघि बढाउने घोषणा गरेसँगै नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण सम्बन्धी प्रक्रिया स्वत: अन्त्य भएको छ । दोस्रो वित्तीय क्षेत्र सुधार रणनीति कार्यान्वयन गरिनेछ । धितोपत्र बजारमा सूचीकृत लगानी कम्पनी र अन्य संस्थागत लगानीकर्तालाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको स्व: पुँजी, ऋणपत्र र अन्य धितोपत्रमा लगानी गर्न सहजीकरण गरिनेछ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष र सामाजिक सुरक्षा कोषले प्राइभेट इक्विटी र भेन्चर्स क्यापिटलमा लगानी गर्न सक्ने गरी कानूनी व्यवस्था गरिनेछ । सरकारी ऋणपत्रको दोस्रो बजार कारोवार शुरू गरिनेछ । गैर आवासीय नेपालीलाई दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्था मिलाइनेछ ।
प्रतिक्रिया दिनुहोस्