Skip to content
Shikhar Insurance
National Life

भोली हुने विशाल बजार कम्पनीको साधारण सभा रोक्न उच्च अदालत पाटनको आदेश

Hyundai
NCELL
NIMB

काठमाडौं । बिशाल बजार कम्पनी लिमिटेडको साधारण सभा रोकिएको छ । कम्पनीको फागुन २८ गते (भोलि) नेपाल एपीएफ क्लब हलचोक काठमाडौंमा सम्पन्न हुने भनेको ३४ औं सभा रोकिएको हो ।

कम्पनीको साधारण सभा रोक्नु पर्ने भन्दै कम्पनीका सेयरधनि सुनिल कुमार शाक्यले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए । शाक्यले मुद्दा दायर गरेपछि मंगलबार एक सूचना प्रकाशन गर्दै उच्च अदालत पाटनले साधाराण सभा रोक्न आदेश दिएको छ ।

उच्च अदालत पाटनका न्यायाधीशहरु टंकप्रसाद गुरुङ्ग र ऋषि राज भण्डारीको संयुक्त इजलासले साधारणसभा रोक्न आदेश दिएको हो ।

बिशाल बजारको सञ्चालक समितिको सदस्य राधा पोखरेले निवेदकको हक हितमा प्रतिकुल असल पुग्न सक्ने भन्दै मुद्दा दायरा गरेकाे बताइन् ।

पोखरेले भनिन्‘ लगानीको मुल्याङ्कन नगरी निजहरुलाई अलग राखी कम्पनीको साधारण सभा सञ्चालन गर्दा निवेदकको हक हितमा प्रतिकुल असल पुग्न सक्ने भन्दै मुद्दा दायरा गरेको हो ।’

उनले थपिन,‘ नविकरणहरु यतिकै हुदो रहेछ नविकरण २ वर्षमा खारेज हुने जस्ता थुप्रै कुरामा पनि समस्या भन्दै मुद्दा दायर गरेका हुन् ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्

Recent MORE