Shikhar Insurance
National Life

संसद नै कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था अनिष्ठको संकेत : सांसद श्रेष्ठ

सिंहदरबार संवाददाता
२०८१ फाल्गुन ६, मंगलवार १४:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सांसद विराजभक्त श्रेष्ठले संघीयता कार्यान्वयनका लागि आवश्यक ऐन र कानून समयमै बन्न नसक्दा नागरिकमा नैराश्यता उत्पन्न भएको बताएका छन् । प्रतिनिधि सभाको मंगलवारको बैठकको विषेश समयमा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले कानून निर्माणको महत्त्वपूर्ण जिम्मेवार र दायित्व वहन गर्नुपर्ने संघीय संसदले नै कानून निर्माण गर्न नसेको फेहरिस्तसहित प्रतिवेदन बनाएर बस्नुपरेको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले संसद र संसदीय समिति आवश्यक कानून निर्माणमा अनिर्णयको बन्दी बनेर बस्नुपर्ने अवस्था आउनु डरलाग्दो अनिष्ठको संकेत भएको टिप्पणी गरे । उनले समयले कसैलाई पनि नपर्खिने हेक्का राख्दै कानून निर्मामाण तिब्रता दिनुपर्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्