Skip to content
Shikhar Insurance
National Life

‘सरकार लचक र जिम्मेवार नभएसम्म संसद चल्न सक्दैन’ माओवादी केन्द्र

Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले भिजिट भिसा प्रकरणमा सरकार अपेक्षित रूपमा लचक नभएको टिप्पणी गरेका हुन् । बुधवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उपमहासचिव पुनले यस्तो टिप्पणी गरेका हुन् ।

भिजिट भिसा प्रकरणको सम्बन्धमा सरकार नरमको हुनुको सट्टा झन गरम हुँदै गएको उल्लेख गर्दै जिम्मेवार बन्नुपर्ने बताउँदै भिजिट भिसा प्रकरणलाई प्रतिपक्षको विषय नभई आम जनताको पीडा भएको भन्दै सरकार छानविनमा प्रतिवद्ध हुनुपर्ने बताए ।

उनले भने, ‘भिजिट भिसा प्रकरणबारे सरकार भनेजति अझै लचक भएको छैन । भोलिसम्म सरकार जिम्मेवारपूर्वक र लचकताका साथ प्रश्तुत हुन्छ भन्ने आशा छ । हामी धेरै नरम भएका छौँ, सरकार गरम छ । सरकार अलि नरम र जिम्मेवार हुुनुपर्छ । यो विषय प्रतिपक्षको नभई जनताको विषय हो । आम जनताले दु:ख पाइराखेको छ । यसबारे छानविन गरेर तथ्यहरु स्थापित गर्नको लागि सरकार प्रतिवद्धता अनिवार्य हो नि त ।’

भिजिट भिसाको आवरणमा हुँदै आएको मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकको संलग्नता भए नभएको बुझ्न र प्रकरणको छानविन गर्न उच्चस्तरीय छानबिन समिति बनाउनुपर्ने माग राख्दै विपक्षी दलहरूले संसद अवरोध गर्दै आएका छन् ।

१३ जेठदेखिको संसद बैठक अवरोध गर्दै आएका विपक्षी दलहरूले १५ जेठमा बजेट ल्याउन दिए पनि दुई साता बढी हुँदा बजेटमाथिको छलफल सुरु हुन सकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्