Skip to content
Shikhar Insurance
National Life

प्रतिपक्षीले नाराबाजी गरेपछि संसद बैठक स्थगित, गृहमन्त्रीको राजीनाम बटमलाइन

Hyundai
NCELL
NIMB

काठमाडौं । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै प्रतिपक्षीहरुले नाराबाजी गरेपछि संसद बैठक अवरुद्ध भएको छ ।

गृहमन्त्री र उनको सचिवालयको प्रत्यक्ष संलग्नतामा भिजिट भिसा प्रकरण अघि बढेको भन्दै माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री बर्षमान पुनले सुरुमै गृहमन्त्रीको राजीनानमा नआएसम्म संसद चल्न नदिने धारणा राखेका थिए । रास्वपा सांसद शिषिर खनालले गृहमन्त्रीको राजीनामा र संसदीय छानविन समिति गठन नभएसम्म संसद चल्न नदिने घोषणा गरे । माओवादी र रास्वपाका सांसदहरुले गृहमन्त्रीको राजीनामा बिना संसद चल्न नदिने भन्दै नाराबाजी गरेपछि संसद बैठक ३० मिनेटका लागि स्थगित भएको छ ।

प्रतिपक्षीहरुले गृहमन्त्रीमाथि छानविन गर्नु पर्ने भएकाले प्रमाण नष्ट हुने सम्भावनालाई मध्यनजर गर्दै गृहमन्त्रीले राजीनामा गर्नुपर्ने र छानविनका लागि संसदीय समिति गठन हुनुपर्ने उनीहरुको माग छ ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्