Skip to content
Shikhar Insurance
National Life

बढ्यो प्यारामाउन्ट मोटर्सको व्यापार, सन् २०२४ मा ४ अर्ब १८ करोडको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । एमजी गाडीको नेपालका लागि आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले सन् २०२४ मा ४ अर्ब १८ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०१.५८ प्रतिशत अर्थात् २ अर्ब १० करोड ९० लाख रुपैयाँले बढी हो ।

कम्पनीले अघिल्लो आव (सन् २०२३ मा) २ अर्ब ७ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२२ मा ३ अर्ब ४७ करोड रुपैयँँ, २०२१ मा ७१ करोड ३० लाख रुपैयाँ र सन् २०२० मा ७९ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् २०१६ मा स्थापना भएको यो कम्पनी सन् २०२० देखि भने माज्दा मोटर कर्पोरेशन जापानको पनि आधिकारिक विक्रेताको रुपमा काम गर्दै आएका छन् । २०२४ मा कम्पनीले नेपालमा वुलिङ ब्रान्डेड यात्रुवाहक सवारी साधनहरू बेच्नको लागि चिनियाँ इभी निर्माता वुलिङसँग सम्झौता गरेको छ ।

कम्पनीको दर्ता कार्यालय थापाथली, काठमाडौंमा रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्