Skip to content
Shikhar Insurance
National Life

२५.६१ प्रतिशतले घट्यो पञ्चकन्या ग्रुपको व्यापार, २०२४ मा ५ अर्ब ८४ करोडको कारोबार

Hyundai
NCELL
NIMB

काठमाडौं । पञ्चकन्या ग्रुपको व्यापार २५.६१ प्रतिशतले घटेको छ । केयर रेटिङ नेपालले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार ग्रुपको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २५.६१ प्रतिशतले घटेको हो ।

ग्रुपले सन् २०२४ मा ५ अर्ब ८४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ भने सन् २०२३ मा ग्रुपले ७ अर्ब ८६ करोड रुपैयाँ र सन् २०२२ मा १० अर्ब १० करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

ग्रुपको पञ्चकन्या प्लास्टिक उद्योग, पञ्चकन्या प्लास्ट प्रालि, पञ्चकन्या स्टिल प्रालि र पञ्चकन्या रोटोमोल्ड प्रालि गरी चारवटै कम्पनीको व्यापारमा कमी आएको तथ्यांकले देखाएको छ ।

पञ्चकन्या ग्रुपअन्तरगतका ४ कम्पनीहरुको व्यापारिक तथ्यांक यस प्रकार छन्,

पञ्चकन्या स्टिल प्रालि

पञ्चकन्या स्टिल प्रालिको व्यापार सन् २०२४ मा २८.४३ प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ३ अर्ब ६५ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२३ मा ५ अर्ब ११ करोड रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा ६ अर्ब ७४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले पञ्चकन्या ब्रान्डमा डण्डी उत्पादन गरी नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ । कम्पनीको ७ वटा डिपो छन् । कम्पनीको बल्खु, ललितपुर, भैरहवा, पोखरा, धनगढी, नेपालगञ्ज र विर्तामोडमा डिपो रहेको छ ।

पञ्चकन्या ग्रुपद्वारा सञ्चालित पञ्चकन्या स्टिलको अध्यक्षमा प्रेमबहादुर श्रेष्ठ रहेका छन् । सन् १९९५ देखि निरन्तर टीएमटी स्टिल बार उत्पादन गर्दै आएको उद्योगको वार्षिक १ लाख ५० हजार मेट्रिक टन क्षमता छ ।

पञ्चकन्या रोटोमोल्ड प्रालि

पञ्चकन्या ग्रुपअन्तर्गतकै पञ्चकन्या रोमोल्ड प्रालिको व्यापार १४.७० प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ६६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२३ मा ७८ करोड २० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ५ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीसँग वार्षिक ५ हजार मेट्रिक टन युपीभीसी पाइप र फिटिङ्स उत्पादन गर्ने क्षमता छ ।

पञ्चकन्या प्लास्टिक उद्योग प्रालि:

पञ्चकन्या ग्रुपकै पञ्चकन्या प्लास्टिक उद्योगको व्यापारमा पनि गिरावट आएको छ । कम्पनीको व्यापार सन् २०२३ को तुलनामा सन् २०२४ मा २८.४६ प्रतिशतले घटेको हो ।

कम्पनीले सन् २०२४ मा ८८ करोड २० लाख रुपैयाँको मात्रै व्यापार गरेको छ भने कम्पनीले सन् २०२३ मा १ अर्ब २३ करोड ३० लाख रुपैयाँ र २०२२ मा १ अर्ब ३६ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सन् १९८२ मा स्थापना भएको उद्योगले ९ हजार मेट्रिक टन एजडीई पाइप तथा फिटिङ्स सामग्री उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ ।

पञ्चकन्या प्लास्ट प्रालि:

सन् २०२४ मा पञ्चकन्या प्लास्ट प्रालिको व्यापार १२.८० प्रतिशतले घटेको छ । कम्पनीले सन् २०२४ मा ६४ करोड रुपैयाँको व्यापार गरेको छ ।

त्यस्तै, कम्पनीले सन् २०२३ मा ७३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो भने सन् २०२२ मा ९३ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २००३ देखि पीपीआर र सीपीभीसी पाइप तथा फिटिङ्स उत्पादन गर्दै आएको छ । कम्पनीसँग वार्षिक ५ हजार मेट्रिक टन उत्पादन गर्ने क्षमता छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्